शनिबार, वैशाख २२, २०८१

ब्युँतिँदै ताराखोलाको 'तारा खेल'

निशानामा आधारित तारा हान्ने खेल पहिले धवलागिरि, म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो। पछिल्लो समय अन्य समुदायका युवा पनि यो खेल खेल्न थालेका छन्।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

बागलुङ- आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ तारा खेल। लोपोन्मुख हुने अवस्थामा पुगेको खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ। 

triton college

तारा खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दै गएपछि खेलको संरक्षण हुने आशा पलाएको छ। तारा खेलमा खासगरी मगर, छन्त्याल र थकाली लगायतका आदिवासी जनजाति समुदायका युवा बढी आकर्षित छन्।

निशानामा आधारित तारा हान्ने खेल पहिले धवलागिरि, म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो। पछिल्लो समय अन्य समुदायका युवा पनि यो खेल खेल्न थालेका छन्। बागलुङको ढोरपाटन नगरपालिका सहित तमानखोला, बडिगाड र ताराखोला गाउँपालिकामा खेल अझ बढी प्रचलित छ। 

अहिले तारा हान्ने खेल प्रतियोगिता विभिन्न मेला तथा पर्वमा समेत आयोजना गरिँदै आइएको छ। यसले युवापुस्तालाई थप आकर्षित गरेको छ। रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रंगको रेखा हुन्छ, यसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ। त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीदेखि वाणको सहायताले तारालाई बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो। 

तारा खेल अंकका आधारमा खेलिने खेलाडीले बताएका छन्। नेपालको दुर्लभ खेलमध्येको तारा हान्ने खेल पछिल्लो समयमा युवापुस्ताको जागरुकताका कारण केही प्रवद्र्धन हुन थालेको बडिगाड गाउँपालिका–८ का ७७ वर्षीय मोतीप्रसाद पुनले बताए। करीब ४० वर्षको अवधिसम्म लोप भएको यो खेल पुनः खेलिन थालेको उनको भनाइ छ। अहिलेको युवा पुस्ताले यो खेलप्रति बढी रुचि देखाएको हुँदा चर्चामा आएको उनको भनाइ छ।

corrent noodles
Metro Mart

‘आजभन्दा ४० वर्ष अगाडि यो खेल हामी निकै खेल्ने गरिन्थ्यो, माघेसंक्रान्ति आयो कि साथीभाइ जम्मा भएर तारा खेल्न शुरू हुन्थ्यो, हामीभन्दा पछिका पुस्ताले यो खेलप्रति खासै चासो दिएनन्, त्यसले गर्दा लोप भएको थियो, अब यो खेल देख्न पाइँदैन जस्तो लागेको थियो, अहिलेका युवाहरू खुब चासो दिएर लागेका छन्,’ स्थानीय पुनले भने, ‘अब संरक्षण होला भन्ने आश लागेको छ, स–साना बालबालिकालाई पनि यो खेल खेल्न प्रेरित गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ।’

उनले ताराखेल जनजातिको पहिचानसँग जोडिएको हुँदा यसको संरक्षणमा युवापुस्ताले नै बढी जोड दिनुपर्ने बताए। बूढापाकाका अनुसार यो खेल सिकार खेलसँग सम्बन्धित रहेको छ। पुर्खाहरूले जंगलमा वन्यजन्तुलाई निशाना बनाएर सिकार गरेर मासु खाने गरेको र पछि गएर त्यसबाटै तारा खेलको विकास भएको बताइएको छ।

‘हाम्रा पुर्खाहरू धेरै वर्ष अगाडि जंगलमा बस्ने सिकार गर्ने गर्थे, उनीहरूले जनावरलाई निशाना बनाएर वाण हान्थे, सिकार गरेर ज्यान पाल्थे, सिकार गर्ने प्रचलनपछि गएर हरायो र तारा खेलको विकास भयो, त्यसले गर्दा यो खेल जनजातिको पहिचान र अस्तित्वसँग जोडिएको छ,’ उनले भने, ‘हामी त बूढो भइयो अब सकिँदैन, जानेको कुरा सिकाउने हो, युवाले नयाँ पिँढीलाई सिकाउनुपर्छ, हाम्रो संस्कार, संस्कृति जोगाउनुपर्छ।’

परम्परागत तारा हान्ने खेल अझै पूर्ण रूपमा संरक्षण हुन नसकेको खेलप्रेमी बताउँछन्। तारा खेलाडी दिप्सन छन्त्यालले लामो समय ओझलेका परेको यो खेलको तीव्र प्रचार र समय–समयमा खेलिराख्नुपर्ने बताए। उनको यसको प्रवर्नद्धन गर्न सकेमा बाह्य पर्यटक तान्न सक्ने भनाइ छ। 

‘लामो समय ओझेलमा परेको खेल फेरि खेल्न थालिएको छ, यसको अझै पूर्ण रूपमा संरक्षण भएको छैन, यो खेल निकै कलात्मक र रचनात्मक हुन्छ, खेल्ने र हेर्ने सबैलाई यसले आनन्दित बनाउँछ, यसले आन्तरिक मात्रै होइन, बाह्य पर्यटक समेत भित्र्याउने सम्भावना छ, पछिल्लो समय अलिअलि चर्चामा आइरहेको छ, यसभन्दा अगाडि त यो लोप भइसकेको थियो,’ खेलाडी छन्त्यालले भने, ‘हामी पनि लागिपरेका छौं, नयाँ पुस्तालाई पनि सिकाउन जरुरी छ,’ उनले भने।

तारा हान्ने खेल मुस्ताङ, म्याग्दी र बागलुङ लगायत कास्की, काठमाडौंमा समेत प्रचलित भए पनि प्रचारप्रसारको अभावमा फेरि लोप हुनसक्ने खेलाडी सोनाम थकाली बताउँछन्। ‘यो खेलको व्यापकरूपमा प्रचार गर्नुपर्छ, हरेक मेला, महोत्सव र चाडपर्वमा आयोजना गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ, नत्र पहिलेको जस्तो लोप हुने अवस्थामा पुग्न सक्छ,’ उनले भने, ‘सरकारले पनि यो खेलाको विकासका लागि बजेट छुट्याउने, समय–समयमा कार्यक्रम गरिदिने हो भने वर्षौं वर्षसम्म यो खेल संरक्षित भइरहने छ।’

तारा खेल जनजातिहरू खासगरी माघेसंक्रान्तिमा मात्रै खेल्ने गर्थे तर अहिले आएर दशैंतिहार जस्ता ठूला पर्व र अन्य मेला महोत्सवमा समेत खेल्ने गरेका छन्। युवा पुस्तामा निकै आकर्षण रहेको तारा हान्ने खेल प्रवर्द्धनका लागि पालिकाले समेत जोड दिनुपर्ने खेलाडीको भनाइ छ। उनीहरूले नयाँ खेलाडी उत्पादन गर्नका लागि समय–समयमा प्रशिक्षण दिनुपर्ने र प्रशिक्षणको व्यवस्था स्थानीय तहले गर्न सके यो खेल लोप नहुने बताउँछन्।

साहसिक खेलप्रति विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यसलाई प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का मिलन छन्त्यालले बताए। उनले भने, ‘यो खेल विदेशमा पनि चर्चित रहेको हुँदा नयाँ खेलाडी उत्पादन गर्नुपर्छ। आफ्नै गाउँठाउँमा ठूलो प्रतियोगिता आयोजना गरेर विदेशी पर्यटक भित्र्याउन सकिन्छ।’ 

५ जनाको ‘समूह’ खेलिने यस खेलमा सहभागी टीममध्ये जसले बढी स्टिल प्लेटलाई निशाना लगाउन सक्छ, अंकका आधारमा उसैलाई विजेता टीम घोषणा गर्ने गरिन्छ। वाण र तीर यस खेलाका लागि आवश्यक सामग्री हुन्। कतिपय प्रतियोगितामा आलमोनियमको बार प्रयोग गर्छन् भने कतिपयमा काठको नै प्रयोग गर्ने गरेका छन्। -डम्मर बुढामगर/रासस

प्रकाशित: Aug 28, 2022| 07:16 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।