शनिबार, साउन २३, २०८३

उपेन्द्र यादवले भने - नागरिकता विधेयक पारित गरी छाड्छौं

जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित कार्यक्रममा उहाँले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर संघर्षमा रहेको बताए।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दाबी गरेका छन्। जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित कार्यक्रममा उहाँले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर संघर्षमा रहेको बताए। 

उनले सरकार र सदनबाट नभए सडक संघर्ष गरेर भए पनि नागरिकता विधेयक पारित गरिने जिकिर गरे।

उत्पीडित जाति समुदायको अधिकार सुनिश्चितताका लागि निरन्तर संघर्ष जारी रहेको बताउँदै उनले सदियौंदेखिको उत्पीडित जाति समुदायले समान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि नआउने बताए। 

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले देशमा चाँडै मलखादको समस्या समाधान हुने आश्वासन दिए। यादवले पहिचान, प्रतिनिधित्व, सामावेशीता र अधिकारका लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए।

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पार्टी अध्यक्ष उपेन्द्र यादवको दूरदर्शी नेतृत्वले सप्तरीमा विकासले गति लिएको बताए। जसपा जिल्ला अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव, मधेस प्रदेश सांसद मनिस सुमन, विदेश्वर यादव बिक्की, नवप्रवेशी प्रभाकर यादव, प्रेस मञ्चका महासचिव अवधेशकुमार झा अवधेश झालगायतकाले शुभकामना व्यक्त गरे।

प्रकाशित: Aug 27, 2022| 21:20 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...