शनिबार, साउन २३, २०८३

एमालेको रात्रिभोजमा ओलीको आलाप

नेकपा एमालेका केन्द्रीय सदस्यहरुका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार रात्रिभोज आयोजना गरेका छन्।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्यहरुका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार रात्रिभोज आयोजना गरेका छन्।

शनिबार दिउँसो केन्द्रीय कमिटी बैठक सकिएपछि बेलुका रात्रिभोज आयोजना भएको हो। बैठक समापनसँगै तिजको पनि अवसर पारेर एमालेले भोज आयोजना गरेको हो।  

निर्वाचनको तयारीका लागि एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो। रात्रिभोज नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजना भएको थियो। सहभागीलाई अध्यक्ष् ओलीले हार्मोनियम र गितार बजाएर स्वागत गरेका थिए। हार्मोनियम बजाउँदै उनले आलापमेत गाउने कोसिस गरेका थिए। 


प्रकाशित: Aug 27, 2022| 21:04 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...