बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिलाई भेटेर लोसपा नेताहरुले भने- नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नै अनागरिक भए

राष्ट्रपतिलाई भेटेर लोसपा नेताहरुले भने- नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नै अनागरिक भए

शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन्।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्। शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन्। 

National life

छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका सन्दर्भमा आफू पनि संवेदनशील रहेको जनाएका थिए। आफूहरूले उठाएको विषयप्रति राष्ट्रपति अत्यन्त सकारात्मक पाएको लोसपाका नेता केशव झाले जानकारी दिएका हुन् 

राष्ट्रपतिसँगको छलफलमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरद्सिंह भण्डारीलगायत सहभागी थिए। 

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएका थिए। 

प्रकाशित: Aug 27, 2022| 20:08 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...