बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने एमालेको निर्णय

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने एमालेको निर्णय

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ। पार्टीको आज शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउने निर्णय गरेको हो । 

एमाले संसदीय दलका प्रमुख सचेतक एवम् पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार एमालेले समानुपातिक सांसदहरूलाई फेरि समानुपातिकमा नराख्ने समेत निर्णय गरेको छ । ‘हामीले निर्वाचनमा पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने र जनतालाई अपिल गर्ने भनेका छौं। समानुपातिक तर्फबाट प्रतिनिधिसभामा रहेका सांसदहरूलाई पुनः समानुपातिकमा नदोहोर्‍याउने समेत निर्णय भएको छ,’ उनले भने, ‘स्थानीय तहमा उम्मेदवार बनेकाहरूलाई पनि हामीले उम्मेदवार नबनाउने निर्णय गरेका छौं।’

वाम गठबन्धनका लागि बाटो खुला राख्ने निर्णय पनि एमालेले गरेको छ। ‘वाम गठबन्धनका लागि बाटो खुला राख्ने भनेका छौं। अब आफूलाई वाम भन्ने दलहरू गठबन्धनका लागि आएमा उनीहरूका लागि सहकार्यको बाटो खुला रहन्छ,’ उनले भने।

प्रकाशित: Aug 27, 2022| 19:38 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...