शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भक्तपुरमा बालेनलाई निम्तो दिँदै महेश बस्‍नेतले भने- यसरी विध्वंश गरे काठमाडौं बस्‍न लायक रहँदैन

भक्तपुरमा बालेनलाई निम्तो दिँदै महेश बस्‍नेतले भने- यसरी विध्वंश गरे काठमाडौं बस्‍न लायक रहँदैन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्‍नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई भक्तपुरको विकास हेरेर सिक्न आग्रह गरेका छन्। उनले डोजर चलाएर मेयर शाहले जनतालाई दुःख दिएको आरोप लगाए।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्‍नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई भक्तपुरको विकास हेरेर सिक्न आग्रह गरेका छन्। उनले डोजर चलाएर मेयर शाहले जनतालाई दुःख दिएको आरोप लगाए। 

National life

उनले भने, 'हाम्रो नेपाली समाजमा कस्तो छ, एउटा मान्छेले व्यवसाय गर्ने कुरा, घर निर्माण गर्ने कुरा, यसमा उसको २० वर्षको मेहनत जोडिएको छ। मान्छेले जीवनभरि कमाएको पैसाले घर बनाउँछ। संविधानप्रदत्त अधिकार के हो भने सम्पत्तिको रक्षा गर्नु हो। विकल्प नदिइकन यसरी विध्वंश गर्दै जाने हो भने काठमाडौं बस्‍न लायक हुँदैन। नक्सा पास नभएका घरहरु भत्काउन डोजर लगाउने हो भने काठमाडौं उपत्यकामा कसरी बस्‍ने? मैले मेरो जिल्ला, क्षेत्र र नगरमा गएर हेर्नुहोस, मैले नमूना काम गरेको छु। निर्माण गरेको छु। विध्वंश गरेको छैन्।'

नेता महेश बस्‍नेतले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा जाने पनि बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दलहरु निर्वाचनको सन्दर्भमा आ-आफ्नो ढंगले तयारीमा लागेको उल्लेख गर्दै आफ्नो पार्टी पनि निर्वाचनको तयारीमा होमिएको सुनाए। 

उनले भने, 'हामीले निर्वाचनको घोषणापत्र लेख्ने कामको थालनी गरेका छौं। यसको नेतृत्वमा पनि अध्यक्ष केपी ओलीले गर्नुभएको छ। देशव्यापी रुपमा आएका रायसुझाव पनि सुन्छौं। हाम्रो दलले सुखी नेपाली र समृद्ध नेपालीको अभियान चलाएको थियो। हामीले विकासको तिव्र विकास गर्यौं। ठूला–ठूला औद्योगिक क्षेत्र निर्माण भयो।'

संक्रमणकालीन न्यायसम्बन्धी विद्येयक पीडकमैत्री बनाउन खोजिएको भन्दै उनले आपत्ति जनाए र आफ्नो दलले विरोध जनाएको पनि स्पष्ट पारेका छन्। उनले भने, 'सत्ता गठबन्धनले नागरिकता विधेयक त्यस्तै अघि बढायो। एसपीपी लागु गर्न खोजिएको छ। कुनै महाशक्ति राष्ट्रको छायाँको रुपमा अथवा सैन्य रणनीतिक अभ्यासभित्र हामीलाई सामेल गरेर सेनाका चिफलाई अष्ट्रेलियाको मेलबर्न पठाएका छौं। करको दर हेरफेर गरिएको छ। राष्ट्रपतिले पूनर्विचार गरियोस भनेको विद्येयक जस्ताको त्यस्तै पठाउने काम भयो, प्रधानन्यायाधीशलाई महाभियोग लगाउने काम गरेको छ। आफूअनुकुलकालाई निमित्त दिने, सत्ता गठबन्धनको यी काम जनताले सबै कुरा हेरेका छन्।'

Shivam cement

प्रकाशित: Aug 27, 2022| 18:36 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...