शुक्रबार, कात्तिक २८, २०८२

चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर आज बेलायतमा

चर्चित खेलाडी राजकुमार राईद्वारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर शो बेलायतमा आज हुने भएको छ।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं- चर्चित खेलाडी राजकुमार राईद्वारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर शो बेलायतमा आज हुने भएको छ।

National life

निमार्ण पक्षले दिएको जानकारी अनुसार आज बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेको हो। चलचित्रको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ।

त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस चलचित्रको प्रदर्शन गरिनेसमेत निर्माण समूहले जानकारी दिएको छ। नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ।

नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ।

युवराज राई (वीरबहादुर) द्धारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन्। एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ।

Laxmi sunrise bank
kumari

संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ। चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन्।

नेपालमा आठौं साफ गेमको रापताप रहेका बेला प्रदर्शनमा आएको राजकुमार राई अभिनित चलचित्र द कमाण्डो चर्चित बनेको थियो। उक्त चलचित्रले मनोरञ्जनमूलक चलचित्रमा पनि खेलाडीहरुको विषयलाई दर्शकहरुले रुचाउछन् भन्ने नजिर स्थापित गरेको थियो।

हाल सोही चलचित्रको सिक्वेलका रुपमा चलचित्र ‘सोल अफ द कमाण्डो’ निर्माण गरिएको हो। यस चलचित्रले पनि विगतको विरासतलाई अझ ओझिलो बनाउनेमा निर्माण समूह ढुक्क देखिएको छ।

प्रकाशित: Aug 27, 2022| 10:34 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्