बुधबार, जेठ २७, २०८३

एमाले केन्द्रीय कमिटीमा आज ओलीको प्रतिवेदनमाथि छलफल हुने

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ।

National life

राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह विभाजन गरिएको छ। प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने र केन्द्रीय कमिटी बैठक सकिने बताइएको छ।

एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको छ। आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ।

बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा पालिका चुनावको परिणाम बिर्सेर आउँदो चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिइएको छ।

प्रकाशित: Aug 27, 2022| 07:25 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...