मुम्बई- आमिर खानले आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’को लागि रिल्यान्स इन्टरटेन्मेन्टसँग सहकार्य गरेका छन्। यस फिल्मको लागि उनले एक हजार करोडको बजेट जुटाउँदै छन् र यो तीन भागमा बन्ने छ।
रिपोर्टका अनुसार आमिर खानको फिल्म महाभारतमा रिल्यान्स उद्योगका मालिक मुकेश अम्बानीले एक हजार करोड भारतीय रूपैया लगाउदै छन्। मुकेश अम्बानी आमिरको प्रोजेक्ट महाभारतको को-प्रोड्युसर पनि हुन्।
यो फिल्मको लागि आमिर खानले कास्टिङ शुरु गरिसकेका छन्। आमिरले प्रभासलाई अप्रोच गरेका छन्। यस फिल्मलाई बाहुबलीका निर्देशक एस एस रजामौलीले नै गरुन भन्ने आमिरको चाहना छ। प्रभास अर्जुनको भूमिका देखिन सक्नेछन्।
राजामौलीले स्वयम् महाभारतमाथि राम्रो फिल्म बनाउने इच्छा सार्वजनिक गरेका थिए। भारतीय फिल्म उद्योगमा चर्चा छ कि, यस बिग बजेटको फिल्ममा दिपिका पादुकोणले द्रोपदीको भूमिका गर्ने छिन्। यसमा आमिर स्वयम् कृष्णको भूमिकामा देखिने छन्। आमिर खान ठग्स अफ हिन्दुस्तान फिल्मपछि महाभारतको काम गर्ने छन्।
महाभारत एउटा नभएर तीन सिरिजमा निर्माण हुने छ। यस फिल्मलाई ‘लार्ड अफ द रिंग्स’ र ‘गेम अफ थ्रोन्स’ झैं बनाइने छ। यस फिल्मको लागि आमिर खानलाई १० देखि १५ वर्ष लाग्ने छ ।
आमिर खानले शकुन बत्राको निर्देशनमा ओशोमाथि बन्न लागेको फिल्म अहिले होल्ड गरेका छन् ।
खासमा आमिरको सल्लाह बमोजिम स्क्रिप्टमा फेरि काम भइरहेको छ। आमिरलाई ओशोको केही भाग स्क्रीप्ट स्टोरीले अझै छुन नसकेकोले पुनर्लेखन हुन थालेको हो। एक सुत्रका अनुसार हलिवुड फिल्मको रिमेकमा पनि उनले इच्छा देखाएका छन्।
आमिर खानको ठग्स अफ हिन्दुस्तान आगामी दिपावलीमा रिलिज हुँदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४