आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छाक टार्ने माध्यम बन्दै निहुरो र खोलेसाग

धारो, कुवा, खोला वा चिस्यान बढी हुने सिमसार क्षेत्रमा त्यसै खेर गइरहेको निहुरो र खोले साग बेचेर पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्ने कुरा अनौठो लागेपनि यहाँका बासिन्दाका लागि निहुरो, खोले साग र डुँडेसाग आम्दानीको गतिलो स्रोत बनेको रघुगङ्गा गाउँपालिका– ४ का टिकीसरा गर्बुजाले जानकारी दिइन्।
 |  सोमबार, भदौ ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

गलेश्वर- जाँगरिला मानिसका लागि खोल्साखाल्सी र वनजंगलमा बिना लगानी र बिना श्रम प्राकृतिकरुपमा नै पाइने टुसा, मुना र वनस्पति पनि आम्दानीका गतिला माध्यम बनेका छन्। उत्तरी र पश्चिमी म्याग्दीका विद्यालय उमेरका विपन्न बालबालिका, महिला र फुर्सदिला प्रौढ व्यक्ति यतिबेला वनजङ्गल र चिस्यानयुक्त खोल्सा खाल्सीमा निउरो र खोलेसाग टिपेर बजारमा बिक्री गर्न व्यस्त छन्। वर्षायाममा जङ्गलमा पाइने निहुरो बेचेर यहाँका ग्रामीण महिला र विपन्न विद्यार्थीले घरखर्चको जोहो गरिरहेका छन् भने विद्यालय उमेरका बालबालिकाले पढाइ खर्च जुटाउने गरेका छन्। 

triton college

जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले यसबाट राम्रो आम्दानी गर्दै आएको निउरो र खोले सागको व्यापार वर्षायाममा राम्रै फस्टाउने गरेको छ। यसमा पनि अधिकांश महिला र बालबालिका छन्। शुक्रबार र शनिबारका दिन बिहानै खाना खाएर जङ्गलबाट डोकोभरी निहुरो र डुँडेसाग खोजेर ल्याउनु र सदरमुकाम बेनी बजारलगायत ग्रामीण क्षेत्रका बजारमा लगेर बेच्नु बेग, हिस्तान, दोवा, दग्नाम, नारच्याङलगायत गाउँका विपन्न समुदाय र विद्यालय उमेरका बालबालिकाको वषौँदेखिको नियमित कार्य जस्तै बनेको छ। 

धारो, कुवा, खोला वा चिस्यान बढी हुने सिमसार क्षेत्रमा त्यसै खेर गइरहेको निहुरो र खोले साग बेचेर पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्ने कुरा अनौठो लागेपनि यहाँका बासिन्दाका लागि  निहुरो, खोले साग र डुँडेसाग आम्दानीको गतिलो स्रोत बनेको रघुगङ्गा गाउँपालिका– ४ का टिकीसरा गर्बुजाले जानकारी दिइन्।

दग्नामका ७२ वर्षीय दलबहादुर गर्बुजाले गाउँको छेउमा रहेको पानीको धारो (पँधेरो) को माथिपट्टी रहेको जग्गामा खोले साग लगाएर एकै याममा रु आठहाजरदेखि रु १० हजारसम्म आम्दानी गर्दै आएको बताए। त्यहाँका सोमबहादुर बर्देवा, राजन वर्देवालगायत विद्यालय पढ्ने बालबालिकाले डुँडेसाग बेचेर एकै याममा  रु १०हजारदेखि १५ हजार आम्दानी गरेर खर्च चलाएका छन्।

विषादी रहित र शतप्रतिशत जैविक हुने भएकाले खोले र डुँडेसाग केही वर्षयता भने स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ। गाउँदेखि सहर बजारसम्म खोले र डुँडेसागको माग बढ्न थालेपछि दग्नामका बासिन्दाले गाउँको चिस्यानयुक्त ठाउँमा त्यसै खेर गइरहेको साग टिपेर मनग्य आम्दानी गर्न थालेका हुन्।

Metro Mart
vianet

छिपप्छिपे पानी बग्ने खोला र जरुवामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिएको दग्नामका वीरबहादुर बर्देवाले बताउनुभयो। कतिपय स्थानमा खोले सागलाई सीम साग र पालुङ्गे साग पनि भनिन्छ।

त्यसैगरी डुँडे साग जलुको र खोलाको किनारामा पाइन्छ। बजारमा खोले सागको माग बढ्न थालेपछि स्थानीयवासीले व्यावसायिक रूपमा नै खोले सागको खेती गर्न थालेका छन्। म्याग्दीका दग्नाम, चिमखोला, बेग, हिस्तान, कुइने, गुर्जा, मुदा, मुदीलगायत ठाउँमा खोले साग पाइने भए पनि स्थानीयवासीले यसलाई व्यावसायिक रुप दिन नसकिरहेको अवस्थामा दग्नामका बासिन्दाले व्यावसायिक रुपमा गरेको साग खेतीले धेरैलाई प्रेरणा दिने दर्मिजाका शेरबहादुर गर्बुजाले बताए।

उनका अनुसार निहुरो विशेषगरी वर्षाको समयमा जङ्गल र सिमसार क्षेत्रमा पाइन्छ भने खोले साग मङ्सिरदेखि चैतसम्म उत्पादन हुन्छ। विशेष गरेर फागुनदेखि चैतसम्म यसको माग अत्याधिक हुने किसानको भनाइ छ। निहुरो र खोले  साग खाँदा कब्जियत, कुपोषण, र आँखाको समस्या भएकाको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने भएकाले यसको माग दिन प्रतिदिन बढ्दै गएको बताइन्छ।

किसानका अनुसार खोलेसाग रोपेको एक महिनाभित्र नै बेच्न लायक हुन्छ। रोप्नुबाहेक यसको खेती गर्न कुनै लगानी पनि गर्नुपर्दैन। त्यसैले बिना लगानी त्यसै खेर गइरहेको खोलाको पानी सदुपयोग गरेर स्थानीय किसानले राम्रो आम्दानी गर्दै आइरहेका छन्।घरमा छोराछोरीको पालनपोषण, पढाइलेखाइ तथा घरायसी व्यवहार चलाउनुपर्ने भएकाले बेगकी हीराकुमारी विकले वषौँदेखि निहुरो तथा मौसमी जङ्गली तरकारीको व्यापार गरेर घरखर्चको केही हिस्सा धानेको बताए। 

'रोप्ने र गोड्ने काम गर्नु नपर्ने भएकाले आम्दानी त राम्रै हुन्छ  तर यो एकै याममा मात्र हुने भएकाले अन्य याममा अरू नै काम खोज्नुपर्ने हुन्छ,' उनले भने। एक पटकमा रु पाँच हजारदेखि रु १५ हजारसम्मको निहुुरो र खोलेसाग बेच्दै आउनुभएकी विकले प्रति मुठा ५० देखि ८० रुपैयसम्म लिने गरेको बताउनुभयो। थोरै मात्रामा निहुुरो र खोलेसाग बजारमा आएको बेला अलि राम्रो मूल्य पाउने गरेको उनको भनाइ थियो।

शुक्रबार घरका छोराछोरीलाई समेत जङ्गलमा लगेर निहुुरो खोज्न लगाउने विकले बताउनुभयो। पछिल्लो समयमा जिल्लाका अन्य जङ्गलबाट पनि केहीले निहुुरो र खोलेसाग खोजेर बजारमा बिक्री गरी आम्दानी गरिरहेका छन्। स्कुलमा बिदा भएका समयमा विद्यार्थी पनि समयको सदुपयोग गर्दै निहुरो टिपेर  बजारमा बिक्री गरी स्टेशनरी खर्च जुटाउँदै आएका छन्।सदरमुकामका कर्मचारी तथा स्थानीयवासीले निगुरो र खोले सागलाई बजारमा नयाँ जातको प्राङ्गारिक तरकारी भन्दै किन्ने गरेको पाइन्छ। तरकारीका साथै अचार बनाउनसमेत निहुरो र खोले सागको प्रयोग गरिन्छ।


प्रकाशित: Aug 22, 2022| 22:10 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।