आइतबार, साउन १०, २०८३

सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने

 |  शनिबार, वैशाख ५, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ५, २०८३

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने भएको छ।

यसअघि मन्त्रालयले आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो।

तर गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ।

प्रकाशित: Apr 18, 2026| 15:07 शनिबार, वैशाख ५, २०८३
प्रतिक्रिया दिनुहोस्