शुक्रबार, मंसिर १४, २०८१
  • गृहपृष्ठ
  • फोटो
  • बानेश्वरबाट पार्किङ क्षेत्रका संरचना हटाउने अभियान सुरु [८ तस्बिर]

Siddartha premir insuranceSiddartha premir insurance

बानेश्वरबाट पार्किङ क्षेत्रका संरचना हटाउने अभियान सुरु [८ तस्बिर]

पार्किङ क्षेत्र खाली गर्न महानगरले एक महिनाअघि नै सूचना प्रकाशित गरेर समय तोकेको थियो।
 |  सोमबार, भदौ ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान थालेको छ। नक्सा पास गर्दा सवारीसाधनको पार्किङ गर्नका लागि भन्दै अनुमति लिने तर त्यस्ता स्थानमा व्यापार व्यवसाय सञ्चालन गरेको पाइएपछि महानगरले संरचना भत्काउन थालेको हो। 

himalayan bank box

पार्किङ क्षेत्र  खाली गर्न महानगरले एक महिनाअघि नै सूचना प्रकाशित गरेर समय तोकेको थियो। तर अटेर गरेर पसल नहटाएपछि सोमबारदेखि पसल रहेका स्थान भत्काउन थालेको हो। सोमबार काठमाडौंका मेयर बालेन शाहसहितको टोली अन्डरग्राउन्ड पार्किङ क्षेत्रको अनुगमनमा पुगेको थियो।

बानेश्वर क्षेत्रमा रहेका ७१ वटा अन्डरग्राउन्ड पार्किङमध्ये २१ वटाले मात्र नक्सा पासअनुसार काम गरेको पाइएको छ। बाँकी सबैले पार्किङ क्षेत्रमा पसल चलाउन भाडामा दिएका छन्। अनुमति विपरीत सञ्चालित सबै पसल हटाइने महानगरले बताएको छ। 

तस्बिरहरू:

प्रकाशित: Aug 22, 2022| 19:09 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।