मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • गिरीलाई अस्पतालदेखि आर्यघाटसम्म श्रद्धाञ्जली [फोटो फिचर]

गिरीलाई अस्पतालदेखि आर्यघाटसम्म श्रद्धाञ्जली [फोटो फिचर]

यस्तै अस्पतालबाट गिरीको शवलाई पार्टी कार्यालय सानेपा लगिएको थियो। सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू सांसदहरू र कार्कर्ताका साथै उनका शुभेच्छुकले श्रद्धाञ्जलि दिएका थिए।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्नेहरूको भिड अस्पतालदेखि आर्यघाटसम्म लागेको छ। विभिन्न दलका नेताकार्यर्ता र शुभेच्छुकहरु ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालदेखि पशुपतिस्थित आर्यघाटसम्म पुगेर श्रद्धाञ्जली दिएका हुन्।  

National life

पूर्वराष्ट्रपति रामवरण यादव, अर्थमन्त्री जनार्दन शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, कांग्रेसका महामन्त्री गगन थापालगायत नेताहरू मेडिसिटी पुगेका थिए। 

गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदय शमशेर राणालगायतले अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए। 

यस्तै अस्पतालबाट गिरिको शवलाई पार्टी कार्यालय सानेपा लगिएको थियो। सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू सांसदहरू र कार्कर्ताका साथै उनका शुभेच्छुकले श्रद्धाञ्जलि दिएका थिए। 

उनको शव अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुर्‍याइएको छ।

Shivam cement

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरीको अस्पतालमै शनिबार राति ९:३० बजे निधन भएको हो।

प्रकाशित: Aug 21, 2022| 17:10 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।