बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तातो र सुख्खा मौसमका कारण अफ्रिकी आप्रवासी चराहरू खतरामा

तातो र सुख्खा मौसमका कारण अफ्रिकी आप्रवासी चराहरू खतरामा

जलवायु परिवर्तन र लामो खडेरीको कारण अफ्रिकी केही मुलुकहरूमा देखिएको तातो र सुख्खा अवस्थाले यहाँ यात्रा गर्ने केही प्रजातिहरूलाई कठिन बनाएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

कोपनहेगन- अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा विनाशकारी खडेरी निम्त्याएको तातो र सुख्खा मौसमका कारण आप्रवासी चराहरू खतरामा परेका छन्। 

जलवायु परिवर्तन र लामो खडेरीको कारण अफ्रिकी केही मुलुकहरूमा देखिएको तातो र सुख्खा अवस्थाले यहाँ यात्रा गर्ने केही प्रजातिहरूलाई कठिन बनाएको छ।

उनीहरूले आवश्यक पानीको स्रोत र प्रजननका लागि आवश्यक आधारहरू गुमाइरहेका छन् र धेरै प्रजाती अहिले खतरामा परेका छन् वा चिसो उत्तरी क्षेत्रमा सर्दै उनीहरूको बसाइँसराइको ढाँचालाई पूर्ण रूपमा परिवर्तन गर्न बाध्य छन्।  

अफ्रिकाका दुई हजारभन्दा बढी चरा प्रजातिहरूमध्ये लगभग १०% प्रजातिहरू खतरामा छन्, माडागास्कर माछा चील, ताइटा फाल्कन र हुड गिद्धहरूजस्ता दर्जनौं प्रवासी चराहरूका २८ प्रजातिहरूलाई ‘गम्भीर संकट’ उत्पन्न गरेको देखिएको छ। 

तीमध्ये एक तिहाइभन्दा बढी विशेषगरी जलवायु परिवर्तन र चर्को गर्मी मौसमको जोखिममा रहेको वातावरणीय समूह बर्डलाइफ इन्टरनेसनलको विश्लेषणले देखाएको छ। 

kumari

बर्डलाइफका नीति संयोजक केन मवाथेले भने, “जलवायु परिवर्तनका कारण जल तथा जमिनमा पाइने अन्य प्रजातिजस्तै चराहरू पनि प्रभावित भइरहेका छन्। 

'खडेरीका कारण आप्रवासी चराहरू चराहरू कै अन्य समूहहरूको तुलनामा बढी प्रभावित हुन्छन् आप्रवासी चराहरूले आफ्नो यात्राको दौडान भरोसा गर्ने ठाउँ कुनै न कुनै रूपमा बिग्रिएको हुन सक्छ र तिनीहरू हिँडडुल गरिरहनुपर्छ,' मवाथेले भने।

जाडोको लागि भूमध्य सागर र सहारा मरुभूमि हुँदै दक्षिण यात्रा गर्ने चराहरूको लागि उडान करिडोर चराहरूको अफ्रिकी–युरेशियाली उडानमार्ग (फ्लाईवे) मा पर्ने करिब दुई हजार ६०० भन्दा बढी स्थानहरू स्थानान्तरण गर्ने चराहरूको लागि बसाईसराइका लागि अस्थाई बसोबास स्थल हुने गर्दछन्। संयुक्त राष्ट्रसंघको वातावरणमामिला निकाय र संरक्षण समूह वेटल्यान्ड्स इन्टरनेसनलले गरेको एक अध्ययनअनुसार अफ्रिकी स्थलमध्ये ८७ प्रतिशत जलवायु परिवर्तनको जोखिममा छन्, जुन युरोप वा एसियाको तुलनामा बढी हो। 

विश्व मौसम विज्ञान संगठनका अवकाशप्राप्त मौसमविद् तथा विज्ञान निर्देशक इभान्स मुकोल्वेका अनुसार अफ्रिका जलवायु परिवर्तनको चपेटामा परेको छ किनभने त्यहाँ वातावरणीय अनुकूलनका लागि सीमाहरू रहने गर्छन्। ‘गरिबी, जैविक विविधताको ह्रास, चरम मौसमी घटना, पूँजीको अभाव र नयाँ प्रविधिमा पहुँच’ले महाद्वीपलाई जंगली प्रजातिहरूको वासस्थान संरक्षण गर्न थप कठिन बनाएको उनले बताए।

प्रकृतिमाथि मानवीय हस्तक्षेपका कारण जलवायु परिवर्तन र कम वर्षा हुँदा तापक्रममा आउने वृद्धिले चराहरूले आप्रवासी यात्राको क्रममा निर्भर हुने प्रमुख सिमसार क्षेत्र र पानीका स्रोतहरूलाई खुम्च्याउँछ।

प्रकाशित: Aug 21, 2022| 05:30 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।