शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा, यस्तो छ इतिहास

प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट रहेको छ। रथ तान्नका लागि रथको अग्रभाग जुवाको दुवैतर्फ ७५ फिट लम्बाइको डोरी राखिन्छ।
 |  शनिबार, भदौ ४, २०७९
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, भदौ ४, २०७९

विराटनगर- विराटनगरको ऐतिहासिक पहिचान बनाएको राधाकृष्ण रथयात्राको ५४औं संस्करण विगत वर्ष झैँ गर्ने योजनामा आयोजक थियो। कोरोना संक्रमणका कारण लगातार दुई वर्ष सामान्य रूपमा मनाइएको थियो। पछिल्लो समय संक्रमण बढेकोलाई आधार बनाउँदै आयोजकले सर्वसाधारणको उपस्थितिमा नमनाउने मनस्थितिमा पुगेको थियो। 

triton college

विराटनगर बाहिर भर्खरै मात्रै सुरु भएका सहरमा धमाधम रथयात्राको तयारी अगाडी बढाइएपछि विराटनगरमा पनि रथयात्रा निकाल्न आयोजक र प्रशासनलाई दबाब दिइयो। विराटनगरको पहिचानसँग जोडिएको रथयात्रा कुनै पनि हालतमा रोक्नु नहुने भन्दै स्थानीय युवाले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र मात्रै बुझाएनन्। उनको मोबाइल नम्बरमा एसएमएस अभियान नै सञ्चालन गरे। 

दबाबमूलक अभियानका कारण प्रशासन र आयोजक नै रथयात्रा निकाल्न तयार भयो। पहिले महिनौं लगाएर निकालिने रथयात्रा यसपटक ४ दिनको तयारीमा निकाल्नुपर्दा आयोजक अहिले दवावमा छ। पुराना धेरै कार्यक्रमहरु कटौती गरेर आयोजकले तयारी करिव अन्तिम चरणमा पुर्‍याएको छ। शनिबार (आज) ५४औं संस्करण रथयात्रा निकालिदैछ। श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिदै आइएको छ। 

वि.स. १९८८ सालमा खटयात्राका रूपमा सुरु गरेको वि.स. २०२५ सालदेखि रथयात्राका रूपमा निकाल्ने गरिएको हो। समग्रमा शनिबारको रथयात्रा ९१औं संस्करणको रहेको छ। रथसँगै खटलाई पनि निकाल्ने गरिएको छ। विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु हुने रथ पुन सोही ठाउँमा पुगेर समापन गर्ने गरिएको छ। 

कोरोना महामारीका कारण विगत दुई वर्ष राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित भएको थियो। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको बैठकले दुई पटकसम्म रोकिएको रथयात्रा यो वर्ष भने गर्ने निर्णय लिएको अध्यक्ष कैलाश रेग्मीले बताए।  

Metro Mart
vianet

पछिल्लो समय कोरोनाको संक्रमण दर बढेका कारण राधाकृष्ण रथयात्रा नगर्ने सहमति यसअघि भएको थियो। तर चौतर्फी दबाब आएपछि रथयात्रा गर्नुपर्ने अवस्था आएको अध्यक्ष रेग्मीले बताए। कोरोनाका कारण स्वास्थ्य मापदण्डको पालना गर्दै सतर्कतासहित रथयात्रा निकाल्ने तयारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

रथयात्राको इतिहास

विराटनगरको वडा नम्बर १ पोखरियास्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट १९८८ सालदेखि सुरु भएको ऐतिहासिक खटयात्राले ५४ वर्षअघिबाट रथयात्राको रूप लिएको थियो। खटयात्रालाई स्थानीय भूपालमानसिंह कार्की र सत्यनारायण धनावतसहितका समाजसेवी र धार्मिक व्यक्तिहरूले २०२५ सालबाट रथयात्रामा रूपान्तरण गरेका थिए।

र‍थयात्रा सुरु गर्नुअघि भगवान् श्रीराधाकृष्णको मूर्तिलाई खटमा राखी काँधमा बोकेर नगरपरिक्रमा गराउने प्रचलन थियो। खटयात्रालाई रथयात्रामा रूपान्तरण गरिएयता परम्परागत शैलीको आधुनिक रथमा भगवान् श्रीराधाकृष्णको मूर्ति राखेर नगर परिक्रमा गराउने गरिएको श्रीराधाकृष्ण समारोह समितिका अध्यक्ष रेग्मीले बताए। 

प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट रहेको छ। रथ तान्नका लागि रथको अग्रभाग जुवाको दुवैतर्फ ७५ फिट लम्बाइको डोरी राखिन्छ। रथयात्राको क्रममा श्रद्धालुहरूको अत्यधिक भीड हुने गरेका कारण त्यसलाई व्यवस्थित गर्न रथको दायाँ भागमा पुरुष र बायाँ भागमा महिलाका लागि रथ तान्ने स्थान निर्धारण गरिएको छ।

विराटनगरमा निकालिने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ। भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रा पछिको दोस्रो ठूलो विराटनगरकोलाई मान्ने गरिएको अध्यक्ष रेग्मीको भनाई छ। रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन्। 

आयोजकको दाबी अनुसार हरेक संस्करणमा करिब ५ लाख हाराहारीमा भक्तजनको सहभागिता हुने गरेको छ। रथ हेर्नकै लागि टाढाटाढाबाट मानिसहरू आउने गरेको आयोजकको भनाई छ। मोरङ, सुनसरी, झापा, सप्तरी तथा भारतको विभिन्न स्थानबाट भक्तजनहरू आउने गरेको अध्यक्ष रेग्मीको भनाई छ। उनले भने,‘ भारतको उडिसाबाट समेत भक्तजनहरू आउने गरेको हामीले पाएका छौं।’

दुरी थपियो, पुराना कार्यक्रम रोकियो

५४ औं संस्करणदेखि रथयात्राको दुरी दुई किलोमिटर थपिएको छ। यसअघि मन्दिर परिसर देखि मेनरोड, ट्राफिक चौक, महेन्द्रचौक, वरगाछि हुँदै मन्दिरको दुरी ७ किलोमिटर थियो। ५४ औं संस्करणको रथयात्रा देखि ९ किलोमिटर पुगेको छ। 

विराटनगर महेन्द्रचौकमा सडक खण्डलाई सौन्दर्यकरण सुरु गरिएपछि रथयात्राको दुरी बढेको हो। अव सो सडक खण्ड हुँदै रथ वारपार गर्ने अवस्था छैन। जसका कारण २ किलोमिटर थपिएको आयोजकले बताएको छ। आयोजक समितिका अध्यक्ष रेग्मीले कोरोना संक्रमणका समयमा निकालिएको २ संस्करणमा खटलाई गाडीमा राखेर विराटनगर कञ्चानबारी सम्म पुर्‍याएर मन्दिर ल्याइएको थियो। 

कोरोना संक्रमणको अवस्थालाई ख्यालगरि यस पटक पुराना धेरै कार्यक्रम स्थगित गरिएको अध्यक्ष रेग्मीले बताए। उनका अनुसार झाँकी, स्वयंसेवक, हेलिकप्टरबाट हुने पुष्पवृष्टिका कार्यक्रमहरू सबै रोकिएका छन्। अध्यक्ष रेग्मीले भने, ‘परम्परा धान्न काम मात्रै हुनेछ।’ 

सयौंको संख्यामा हुने झाँकी र सयौंको संख्यामा रहने स्वयंसेवकहरू यस पटक देखिने छैन उनले भने। कोरोनाका कारण बृहत् रूपमा कार्यक्रम गर्न नसकिए पनि सहभागितामा खासै कमी नहुने आयोजकले बताएको छ।

प्रकाशित: Aug 20, 2022| 08:27 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।