शुक्रबार, वैशाख ७, २०८१

प्रतिनिधिसभाका ६४ वर्ष : यसरी मौलाए कम्युनिस्ट

पहिलो प्रतिनिधिसभा निर्वाचनमा ३.६६ प्रतिशत (१०९ मध्ये ४ जना) जितेका कम्युनिष्ट सांसदको संख्या बढेर पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा ६४ प्रतिशतभन्दा बढी (२७५ मध्ये १७७ जना) पुगेको छ।
 |  शुक्रबार, भदौ ३, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं- नेपालमा पहिलो संसदीय निर्वाचन भएको ६४ वर्षपछिको आठौं आम निर्वाचन मंसिर ४ गते हुँदैछ। नेपालमा प्रजातन्त्र प्राप्तीपछि २०१५ सालमा पहिलो प्रतिनिधि सभाका लागि निर्वाचन भएको थियो। योसहित नेपालको इतिहासमा अहिलेसम्म सात पटक प्रतिनिधि सभाका लागि निर्वाचन भएका छन्। २०१५, २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालमा भएका निर्वाचनमा कम्युनिस्टहरुको प्रतिनिधित्व क्रमश: बढ्दै गएको परिणामले देखाएको छ।

triton college

पहिलो प्रतिनिधि सभा निर्वाचनमा ३.६६ प्रतिशत (१०९ मध्ये ४ जना) बाट बढेर पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा ६४ प्रतिशतभन्दा बढी (२७५ मध्ये १७७ जना) पुगेको छ। २०६४ र २०७० मा भएका दुई निर्वाचन संविधान निर्माणका लागि पनि भएका थिए। त्यही सभाले प्रतिनिधि सभाको पनि काम गरेको थियो। अन्तरिम संविधान २०६३ अनुसार चलेको त्यसबेला नेपालको संसदीय प्रणाली एक सदनात्मक हुने व्यवस्था गरेकाले राष्ट्रिय सभा भने थिएन।

मंसिर ४ गते हुने निर्वाचनबाट पनि नयाँ प्रतिनिधि सभाका लागि सदस्यहरू चुनिनेछन्। कानुन बनाउने मुख्य जिम्मेवारी प्राप्त गर्ने प्रतिनिधि सभा सदस्यहरूले संसदीय व्यवस्था अंगीकार गरेको नेपालको संविधानअनुसार संघीय सरकार बनाउने, सञ्चालन गर्ने वा प्रतिपक्षीका रूपमा जनताका मुद्दामा काम गर्न सरकारलाई दबाब दिने भूमिका पनि प्राप्त हुन्छ। विगतमा भएका ७ निर्वाचनको नतिजा यो सामग्रीमा समावेश छ। 

४५ दिन लामो पहिलो निर्वाचनमा कांग्रेसलाई दुई तिहाई
६४ वर्षअघि २०१५ सालमा पहिलो पटक भएको प्रतिनिधि सभा निर्वाचन ४५ दिनमा सकिएको थियो। २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो। अन्तिम मतपरिणाम भने २०१६ साल वैशाख २८ गते मात्र घोषणा भएको थियो। प्रतिनिधिसभाको उक्त निर्वाचनमा ९ राजनीतिक दलले उम्मेदवारी दिएकामा ६ राजनीतिक दलका उम्मेदवार विजयी भए। 

corrent noodles
Metro Mart

प्रकाशित: Aug 19, 2022| 18:43 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्