बुधबार, फागुन २०, २०८२

युद्धको बेवास्ता गर्दै युक्रेनी कामदार खानीमा व्यस्त

युक्रेनको निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोग्राद शहर नजिकै ठूलो खानी छ। खानीको बाहिरी सतहमा रूसले युक्रेनविरूद्ध हानेका गोलाबारीको आवाजले मानिसहरू आक्रान्त छन्।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

किभ- युक्रेनको निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोग्राद शहर नजिकै ठूलो खानी छ। खानीको बाहिरी सतहमा रूसले युक्रेनविरूद्ध हानेका गोलाबारीको आवाजले मानिसहरू आक्रान्त छन्। 

युक्रेनको अग्रपङ्तीमा लड्ने सेनाभन्दा धेरै टाढा छैन गहिरो भूमिगत खानी। खानीमा श्रमिकहरूले जमिनभित्रका चर चर खोतलेर कोइला उत्खनन गर्ने कामदारहरू युद्धको वेवास्ता गर्दै खानीमा व्यस्त हुन बाध्य छन्। उनीहरूलाई खानीको सुरक्षाभन्दा खानीबाहिरको युद्धमा आफ्ना सहपाठीहरूको सुरक्षाको चिन्ताले सताउने गर्छ तर उनीहरू खानीमा काम गर्न बिवस छन्। 

मस्कोको सेनाले कीभ आक्रमणमा अपेक्षित सफलता पाउन नसकेपछि यो द्वन्द्व कृषि प्रधान दक्षिण र औद्योगिक, कोइलाले सम्पन्न डोनबास पूर्वमा सरेको छ। युक्रेन सोभियत संघको हिस्सा रहेकै समय ४३ वर्षअघि स्थापना भएको पाभ्लोग्राद शहरको बाहिरी भागमा रहेको एउटा खानीमा चार हजार कामदारहरूले पालो अनुसार आफ्नो समयमा काम गर्छन्।

 रुस समर्थक पृथकतावादीको गढ मानिएको डोनेट्स्कबाट १७० किलोमिटरको दूरीमा रहेको खानीमा काम गर्ने ओलेक्सान्डर ओक्सेनका अनुसार अग्रपंक्तिमा देशका लागि लडिरहेका सहकर्मीको सुरक्षाबारेमा पलपलमा विचारहरू आउँछन्। के गर्दै छन् उनीहरू? कतै आक्रमणको निशानामा त परेनन्। परिवारका सदस्यहरू सकुशल छन् कि छैनन् ? कि शत्रुको आक्रमणबाट उनीहरूको इहलीला समाप्त त भएन?

'हामी आत्मामा उनीहरूसँग छौं, तर आखिर, कोइला पनि कसैले उत्खनन गर्न आवश्यक छ,' ४२–वर्षीय खानी मालिकले भन्नुभयो।

kumari

करिब ८०० जना कर्मचारी (श्रमिक) लाई १५० किलोमिटर पूर्वमा फैलिएको युद्धमा सैनिकको रूपमा सेवा गर्न बोलाइएको छ। खानीका अधिकारीहरू भने उत्पादन भने उस्तै रहेको बताउँछन्।

जमिन सतहबाट, सुविधा भएका स्थानमा अक्सिजनको तह विश्वविद्यालय परिसरको जस्तो छ। विलो फ्रोन्ड (स्थानीय रूखका पात) हरू हावामा उड्छन् र कम्मरजति अग्लो विशाल चेसको सेटको छेउमा रहेको पानीको साना पोखरीमा तैरिन्छन्। तर खानीमा काम गर्ने कामदारका लागि ती वेकारजस्तो लाग्छ। किनकि उनीहरूलाई यसको आनन्द लिने फुर्सदै छैन। शत्रुहरूसँग लडिरहेका राष्ट्रवादी योद्धालाई पनि यसको के नै वास्ता छ र।

खानीमा ३७० मिटर (१,२०० फिट) अस्थाई भर्‍याङबाट तल ओर्लने क्रममा उनीहरूको फोक्सोले श्वासप्रश्वासमा कठिनाई भएको थाहा पाउँछ। खानीबाट कोइला निकाल्न चट्यान फोड्न गैँची, बेल्चा र घनका आवाज सुन्दा जोकोहीले पनि काममा व्यस्त कामदारले सहजरूपमा कोइलाको थुप्रो लगाउन सकेका छन् भन्ने लाग्दैन। तर, उनीहरू खानीमा रमाउँदै आफ्नो मातृभूमिप्रतिको जिम्मेवारी बहन गर्छन् र पारिवारिक कर्तव्य पूरा गर्छन्। 

चट्यान र धातुको आवाजले खानीमा कोलाहल छ। कोइला खानीको मुखमा नै पुग्दा काम गर्न कति कठिनाइहरू छन् सहजै कल्पना गर्न सकिन्छ।  खानीमा छिर्दै जाँदा घामको न्यानो हराउँदै जान्छ र कालो धूलोले भरिएको हावा चलिरहेजस्तो देखिन्छ। भनिन्छ, खानीमा एउटा भूत छ जसले कामदारलाई सहयोग गर्छ, तर यहाँ पनि उनीहरूलाई युद्धको चिन्ताले सताइरहेको छ।

खानीमा छिर्दाबित्तिकै फोनहरू समूहका ठेकदारलाई बुझाउनुपर्छ। खानी कर्मचारी तथा श्रमिकहरूले सतहमा भएका नवीनतम घटनाबारे बेलाबेला जानकारी गराउँछन्। उनीहरूले साथीहरू र परिवारको सुरक्षाको बारेमा मात्र थाहा दिइन्छ। 

'खानीबाट बाहिर निस्केपछि उनीहरूको पहिलो काम भनेको परिवार तथा आफन्तलाई फोन गरेर बास्तविक जानकारी लिने हुन्छ,' माइनिङ कम्प्लेक्सका निर्देशक भासिलले आफ्नो नाम प्रयोग नगर्न आग्रह गर्दै भने। साँघुरो सुरुङमा पैदल यात्रा गर्नुअघि चट्टानका भित्ताहरू फलामे धातुका पिंजडाहरूले समातेका छन्। सुरुङमा खसेपछि कामदारहरूलाई ३.६ किलोमिटर लामो रेलगाडीजस्तो साधनमा राखेर कोइला भएको क्षेत्रमा लगिन्छ र त्यहाँ उनीहरूले आफ्नो श्रम गर्न सुरू गर्छन्।

सयौं कामदारले कोइला उत्खनन् गर्छन्। खानीभित्र जम्मा पार्छन र सजिलोमा मेसिन र असजिलो ठाँउमा भारी बोक्दै जमिनको सतहमा कोइला ल्याइन्छ, त्यहाँबाट कोइला प्लान्टतर्फ सवारी साधनमा हालेर कोइला पठाइन्छ।

लम्बाइको साथ मा एक रैग्ड कन्वेयर बेल्ट चल्दछ जसले कोइलालाई ट्रलीहरू तिर गति दिन्छ जसले यसलाई लिफ्टमा लैजान्छ, त्यसपछि सतहतिर जहाँ यो पावर प्लान्टहरूमा पुर्‍याइन्छ।

भित्रभित्रै ३३–वर्षीय भोलोदिमिर पालिएन्को मेसिनको चालसँगै कराउँदै दिनभर काम गर्दा उहाँको बोली नै अस्पष्ट जस्तो हुन्छ तर उहाँको दैनिकी कोइला खानीमा नै पसिना बगाएर बित्ने गर्छ। यो सबै उहाँको रोजीरोटी र परिवारको लागि मात्र नभइ देशको अर्थतन्त्रलाई मजबुत पार्नका लागि पनि भएको उनले बताए। उनले भने, 'हाम्रो देशमा जे भइरहेको छ, त्यसले सबैलाई असर गर्छ।' सबैका साथीहरू र परिचितहरू छन् जो एक न एक तरिकामा देशको उन्नतिका लागि सहभागी छन्। 

प्रकाशित: Aug 18, 2022| 04:45 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।