बुधबार, फागुन २०, २०८२

‘रोहिंग्या शरणार्थीलाई फिर्ता पठाउन सकिएको छैन’

संयुक्त राष्ट्रसंघ अन्तर्गतको अधिकार प्रमुख मिचेल बाचेलेटले असुरक्षाको कारण देखाउदै उनीहरू फर्किन नमानेको जानकारी दिए। उनीहरुले अझै पनि आफ्नो ठाउँमा आफूहरु असुरक्षित रहेको बताउने गरेको र फर्किन नमानेको उनको भनाइ छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

न्युयोर्क- शरणार्थी जीवन बिताइरहेका रोहिंग्याहरुलाई आफ्नै ठाउँमा फिर्ता गराउन नसकिएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। 

संयुक्त राष्ट्रसंघ अन्तर्गतको अधिकार प्रमुख मिचेल बाचेलेटले असुरक्षाको कारण देखाउदै उनीहरू फर्किन नमानेको जानकारी दिए। उनीहरुले अझै पनि आफ्नो ठाउँमा आफूहरु असुरक्षित रहेको बताउने गरेको र फर्किन नमानेको उनको भनाइ छ। 

रोहिङ्ग्याको बस्तीमा झण्डै पाँच वर्ष अगाडि ठूलो हिंसात्मक घटना भएपछि उनीहरु भागेर बङ्लादेशका विभिन्न ठाउँमा शरणार्थी भएर बसेका छन्। उनीहरुलाई आफ्नै ठाउँमा फिर्ता गराउन शरणार्थी र म्यानमार सरकारबीचमा पटक पटक सम्झौता समेत भएको थियो। सम्झौताका लागि भएका वार्ताहमा राष्ट्रसंघीय अधिकारीहरुलाई समेत सहभागी गराइएको थियो।

पटक-पटक भएका वार्ता र सम्झौताले अहिलेसम्म पनि ठोस निकास दिन नसकेपछि राष्ट्रसंघले सरोकारवालाहरुलाई फेरि पनि घच्घच्याएको छ।  बङ्लादेशको दक्षिणी क्षेत्रमा झण्डै दश लाख शरणार्थीहरु रहेको जनाइएको छ। उनीहरु अधिकांश मुस्लीम समुदायका छन्। सन् २०१७ मा उनीहरु माथी जातीय रुपमा विभेदपूर्ण तरिकाले हिंसा भएको उनीहरुको भनाइ छ। 

म्यानमारमा अहिले सैनिक सरकार भएकाले पनि उनीहरु आफ्नो ठाउँ फर्किन सुरक्षित महसुस गर्न नसकेको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन्। राष्ट्रसंघका अधिकार प्रमुख बाचेलेटले मङ्गलबार शरणार्थी शिविरमा रहेका शरणार्थीहरुलाई भेटेर कुराकानी गर्नुभएको छ।  

kumari

बङ्लादेशको राजधानी ढाकामा बुधबार पत्रकार सम्मेलनमा उनले भने, 'शरणार्थीहरु आफ्नो देश फर्किन त चाहन्छन, तर फर्किने अवस्था नरहेको बताएका छन्।' उनीहरुलाई फर्काउन र सहमती कार्यान्वयन गराउनका लागि राष्ट्रसंघ र बङ्लादेशले समेत पटक पटक पहल गरिरहेको पनि उनले जानकारी दिए। 

म्यानमार सरकारलाई फेरि घच्घच्याउनु पर्ने खाँचो रहेको बताउदै उनले त्यसका लागि सबैले अग्रसरता लिनुपर्नेमा जोड दिए। 

प्रकाशित: Aug 18, 2022| 05:20 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।