आइतबार, जेठ १७, २०८३

खेतीपाती नहुने जग्गा सदुपयोग गर्न निजी वनमा आकर्षण

सब डिभिजन वन कार्यालय कटहरीका अनुसार मोरङमा उपभोक्तालाई आवश्यक पर्ने काठ ८० प्रतिशत निजी वनबाट आपूर्ति हुने गरेको छ। मोरङका छ सय ३८ वटा निजी वनमा ६५ हजार पाँच सय ५४ हेक्टर क्षेत्रफलमा वन रहेको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

विराटनगर- सब डिभिजन वन कार्यालय कटहरीका अनुसार मोरङमा उपभोक्तालाई आवश्यक पर्ने काठ ८० प्रतिशत निजी वनबाट आपूर्ति हुने गरेको छ। मोरङका छ सय ३८ वटा निजी वनमा ६५ हजार पाँच सय ५४ हेक्टर क्षेत्रफलमा वन रहेको छ।  

National life

वातावरण संरक्षण, हरियालीको विकास र व्यवसायका लागि उत्तम मानिएको वनले मानिसको जीविकोपार्जनमा पनि मद्दत गरेको छ। खेतीपाती नुहने सुख्खा भइरहने जग्गालाई सदुपयोग गर्न मानिस निजी वनमा आकर्षित देखिएका छन्। ‘घर घरमा रुख रोपौँ, हरियाली बढाऔँ’ नारासँगै ‘खुसियालीका लागि हरियाली’ भनिएको छ जसले जङ्गलको विस्तारमा सहयोग गरेको छ। 

यस वर्ष मोरङमा १२ हजार थान रुख कटान भएसँगै नयाँ १२ लाख बिरुवा रोपेको डिभिजन प्रमुख प्रमेश्वर पासमानले जानकारी दिए। उनले एक रुख काट्दा २५ रुख रोप्नुपर्ने भन्दै मोरङमा दुई सय ३२ हेक्टर जग्गामा सार्वजनिक वन लगाइएको जानकारी दिए। सार्वजनिक वन मन्दिर, विद्यालय, मसानघाट, नदी किनार, सडक किनार र संस्थानको जग्गामा लगाइएको छ।

स्थानीय पालिकाले वृक्षरोपणमा त्यति ध्यान नदिए पनि पालिका क्षेत्रमा कटान हुने एक रुखमा रु पाँच हजार राजस्व सङ्कलन गरिरहेको छ। यो राजस्व बढाउन र खाली जग्गामा हरियाली बढाउन पालिकाले वर्षेनी वृक्षरोपण गर्नुपर्ने भनिएको छ। गएको वर्षमा वन विभागको समन्वयमा मोरङको दरैया क्षेत्रमा छ सय ६० तथा अशोक चोकदेखि विश्वकर्मा चोकसम्म थप बिरुवा रोपेको बताइएको छ। मोरङमा ८२ मध्ये १० सरकारी नर्सरीमा वर्षेनी १२ लाख बिरुवा उत्पादन भइरहेको छ। प्रत्येक तीन किमीमा नर्सरी भएमा वृक्षरोपण कार्यक्रम प्रभावकारी हुने वनको ठम्याई छ। 'वन छ त हामी छौं' भन्ने अवधारणालाई सबैले पालना गरी वृक्षरोपणमा ध्यान दिनुपर्ने आवश्यकता देखाइएको छ।

मोरङको तेतरिया निजी वन लगाउने तेतरलाल माझीले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएका छन्। कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रममार्फत उनले १८ कठ्ठा जग्गामा एक हजार ४० टिक रुप रोपेका छन्। रुखहरु हुर्किसकेको छ। रुख वरपर खाली जग्गामा तरकारी खेती गर्नुभएका माझीले गएको वर्षमा रु ३० हजार पुरस्कार हात पारेका छन्।

Shivam cement

निजी वन प्रवद्र्धन कार्यक्रमअन्तर्गत ग्रामथान गाउँपालिका–४ मा निजी वन लगाएका धनीराम चौधरीले रु एक लाख ८५ हजार अनुदान प्राप्त गरेका छन्। तीन बिघा पाँच कठ्ठा जग्गामा उनले टीक नौसय, कागती दुई सय, मसला दुई हजार र केही सङ्ख्यामा मलेसियन साल लगाएका छन्। वनसँगै उनले भैँसीपालन गरेर थप आम्दानीको स्रोत बनाउनुभएको छ भने निजी वन लगाइएकोमा गर्व गरेका छन्। 


प्रकाशित: Aug 11, 2022| 23:55 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।