आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

भीम चौधरी

भीम चौधरी

शुक्रबार, साउन २७, २०७९

धनगढी- डडेलधुरा सधैं चर्चामा रहने जिल्ला हो। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला भएकाले डडेलधुरामा हुने विभिन्न गतिविधिको चर्चा हुने नै भयो।

triton college

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पनि डडेलधुरामा चासोका रुपमा हेरिएको छ। प्रधानमन्त्री देउवासँग डडेलधुरामा कुन पार्टीबाट कसले चुनाव लड्छन् भन्ने विषयले धेरैको ध्यान तानेको हो।

पार्टीभित्रै देउवाको बेला-बेला आलोचना हुने गरेकाले पनि डडेलधुराले धैरैको ध्यान तान्छ। यस पटक त झनै देउवासँग कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्लले प्रतिष्पर्धा गर्ने चर्चा छ। कुनै बेला देउवाका विश्वास पात्रका रुपमा रहेका मल्ल उनीसँगै कसरी चुनावी प्रतिस्पर्धा गर्ने मुडमा पुगे भन्ने विषय थप रोचक छ।

कुनै बेला देउवाका 'किचन क्याबिनेट'मा समेत रहेका नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्लबीच यतिबेला तित्तता छ। गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग मिलेर मल्लले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेका थिए। यतिबेला उनै मल्ल संघीय निर्वाचनमा सभापति देउवासँग प्रतिष्पर्धा गर्ने सोचमा छन्।

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

corrent noodles
Metro Mart

‘म यस पटक प्रदेशसभा सदस्यमा निर्वाचन लड्दिनँ,’ मल्लले भने, ‘संघमा म कांग्रेस बीपीको चुनाव चिन्ह करुवा लिएर चुनाव लड्ने वा नलड्ने अथवा कुन ठाउँबाट लड्ने वा नलड्ने सबैसँग सल्लाह गरेर निर्णय गर्छु।’ डडेल्धुरा विभिन्न क्षेत्रका व्यक्तिसँग परामर्श गरेर मात्रै आफू चुनाव लड्ने मल्लले बताए।

'यस विषयमा मैले देशभरका शुभचिन्तक साथीभाइसँग पनि सल्लाह गर्ने छु। पार्टीले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात् गर्ने सोच बनाएको छु,’ मल्लले भने।

पार्टीभित्रै देउवाको बेला-बेला आलोचना हुने गरेकाले पनि डडेलधुराले धैरैको ध्यान तान्छ। यस पटक त झनै देउवासँग कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्लले प्रतिष्पर्धा गर्ने चर्चा छ।

नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान सदस्यसमेत रहेका मल्लले कांग्रेस बीपीको सदस्य भइसकेपछि पूर्ण रुपमा संघीयता खारेजीको पक्षमा रहेको बताए। ‘आज म बीपीको सदस्य भइसकेपछि पूर्ण रूपमा हामी संघीयता खारेजीको पक्षमा छौं। संघीयताले मुलुकलाई आर्थिक भार मात्रै थुपार्ने काम गरेको छ,' उनले भने। मल्लले प्रदेश सरकारको त कुनै काम नै नरहेको समेत दाबी गरे ।

उनले आफू विगतदेखि जनताको माझमा रहेको र जनभावना अनुसार नै काम गर्ने बताएका छन्। ‘हामी यस पटक सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने आन्तरिक तयारीमा छौं,’ मल्लले भने, ‘शेरबहादुर देउवा देशको प्रधानमन्त्री हुनुहुन्छ। उहाँ पहिले निर्वाचन लड्नुहुन्छ कि हुँदैन, लडेपछि कहाँबाट निर्वाचनमा प्रतिष्पर्धा गर्नुहुन्छ भन्ने कुरा उहाँबाट औपचारिक रुपमा आएको छैन। त्यसैले उहाँसँग नाम जोडेर म कुनै कुरा गर्न चाहन्न।’

मल्लले सत्ता गठबन्धनको नाममा देउवाले पाँच दलको बलमा सत्ता कब्जा गर्न खोजेको आरोपसमेत लगाए। गठबन्धनको गठजोड गरेर जसरी पनि सत्ता कब्जा गर्ने हिसाबले देउवा निर्वाचनमा गइरहेको मल्लको आरोप छ।

‘यस्तो अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य साना दलसँग मिलेर कांग्रेस बीपी निर्वाचनमा जान सक्ने अवस्था रहन सक्छ,’ उनले भने। नेपाली कांग्रेसले बीपीको सिद्धान्त छोडिसकेको आरोप लगाउँदै उनले कांग्रेस बीपी अब राष्ट्रिय पार्टीको रुपमा अगाडि आउने दाबी गरे।

‘कांग्रेस‍भित्र ठूलो विद्रोह हुने संकेत छ,’ उनले भने, ‘अहिले राष्ट्रियता जुन रुपले धरातलमा छ, त्यो कारणले पनि बीपीको एजेण्डा बीपीकै समकक्षी नेता देवेन्द्रमान शेरचनका छोरा सुशीलमान शेरचनले नेतृत्व गरिरहेका छन्। बीपीलाई नेपाली जनताले आशीर्वाद दिनेछन् अनि देशको राष्ट्रिय पार्टी बनाउनेछन्।’

प्रकाशित: Aug 12, 2022| 06:58 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।