सोमबार, असोज १५, २०८०

केन्या जाने नेपाली टिमको घोषणा, ज्ञानेन्द्र मल्ल पनि टिममा

क्यानले सोमबार मात्र नेपाली टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकरलाई नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट उनले केन्या खेल्न जाने नेपाली टिमको घोषणा गरेको हो।
 |  मंगलबार, साउन २४, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं- टी २० र एकदिवसीय सिरिजको लागि केन्या जाने नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार केन्या जाने टिमको पहिलो लिस्ट सार्वजनिक गरेको हो। क्यानले सोमबार मात्र नेपाली टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकरलाई नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट उनले केन्या खेल्न जाने नेपाली टिमको घोषणा गरेको हो।

sagarmatha cement

यो टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लाई पनि स्थान दिइएको छ। यसअघि प्रशिक्षक पुबुदु दाशानायकेले ज्ञानेन्द्रलाई बोलाउन छोडेका थिए। त्यसैले लामो समयसम्म ज्ञानेन्द्र नेपाली टिममै अँटाएनन्। अहिले भने क्यानले उनलाई पुनः बोलाएको छ।

सन्दिप लामिछानेको कप्तानी र रोहित पौडेको उपकप्तानीमा नेपाली टिमको घोषणा गरिएको छ। क्यानले बन्द प्रशिक्षणका लागि बोलाएको खेलाडीहरुमा आसिफ शेख, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, आदिल आलम, करण के सी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, साहब आलम, किशोर महतो र विवेक यादव रहेका छन्।

यसअघि नियमित टिममा पर्दै आएका विनोद भण्डारी भने अहिले टिममा छैनन्। त्यस्तै रिजर्भ खेलाडीका रुपमा जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरि शंकर शाहलाई राखिएको छ। नेपाली टिमले अगस्त २५ देखि पाँच खेलको टी २० सिरिज र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सो खेलको खर्च भने केन्याले ने बेहोर्ने भएको छ।


प्रकाशित: Aug 09, 2022| 20:00 मंगलबार, साउन २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कबड्डीमा नेपाललाई एउटा पदक पक्का

कबड्डीमा नेपाललाई एउटा पदक पक्का

आज नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ पहिलो खेलमा हराएपछि नेपालको पदक पाउने सम्भावना बलियो बनेको हो।
साग केलाउँदै छोराको खेल हेरेकी कुशलकी आमा भन्छिन्- देशको नाम राख्यो, निकै खुसी छु

साग केलाउँदै छोराको खेल हेरेकी कुशलकी आमा भन्छिन्- देशको नाम राख्यो, निकै खुसी छु

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ।