बुधबार, मंसिर १२, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • बीजेपी गठबन्धन छोडेर मुख्यमन्त्रीबाट राजीनामा दिएका नीतीशकुमार फेरि सरकार गठन गर्दै

Siddartha premir insuranceSiddartha premir insurance

बीजेपी गठबन्धन छोडेर मुख्यमन्त्रीबाट राजीनामा दिएका नीतीशकुमार फेरि सरकार गठन गर्दै

भारतीय जनता पार्टीबाट बिहारको मुख्यमन्त्री बनेका नीतीश कुमारले मंगलबार पदबाट राजीनामा गरे। मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नीतीश कुमारले फेरि बिहारको राज्यपाल फागू चौहानसँग छलफल गर्दै जदयू र राजदको सरकार बनाउने दाबी पेश गरेका हुन्।
 |  मंगलबार, साउन २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं- भारतीय जनता पार्टीबाट बिहारको मुख्यमन्त्री बनेका नीतीश कुमारले मंगलबार पदबाट राजीनामा गरे। मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नीतीश कुमारले फेरि बिहारको राज्यपाल फागू चौहानसँग छलफल गर्दै जदयू र राजदको सरकार बनाउने दाबी पेश गरेका हुन्। 

himalayan bank box

नयाँ सरकार बनाउने दाबी पेश गर्नका लागि नीतीश कुमार, राष्ट्रिय जनता दल (राजद) नेता तेजस्वी यादव र जनता दल यूनाइटेड (जदयू) अध्यक्ष ललन सिंहले राज्यभवनमा नै वार्ता गरेका हुन्। पटनमा राजभवनबाट बाहिरिने क्रममा नीतीश कुमारले पत्रकारसँग भने, 'हामी जहाँ थियौं, त्यहाँको बाटो हामीले बन्द गरिदिएका छौं। हामीले सात पार्टीका १६४ र एक निर्दलीय सांसद्को समर्थन पेश गरेका छौं। अब राज्यपालले हामीलाई सरकार बनाउनका लागि कहिले बोलाउनु हुन्छ भन्‍ने कुरा उहाँको हातमा रह्यो।' 

राजदका नेता तेजस्वी यादवले जेपी नड्डाले क्षेत्रीय दलहरुलाई समाप्त पार्न दिएको चेतावनी स्मरण गर्दै भने, 'बीजेपीले केवल मानिसहरुलाई डराउने र खरिद गर्न मात्रै जानेको छ। हामीबाट हाम्रो पूर्वजको विरासत कसैले पनि समाप्त पार्न सक्दैन। हामी नीतीश कुमारसँगै लालूजीलाई पनि धन्यवाद व्यक्त गर्छौं।' 

उनले थपे, 'हामीले बीजेपीबाहेक सबै विधान सभाका सदस्यहरुलाई नीतीश कुमारलाई नेता मान्‍न आग्रह गर्दछौं।' बीजेपीले गठबन्धन गरेका सबै दलहरु समाप्त भएको उल्लेख गर्दै पञ्‍जाब र महाराष्ट्र त्यसको उदाहरण भएको बताएका छन्। 

जदयूका पूर्वअध्यक्षसमेत रहेका केन्द्रीय मन्त्री रामचन्द्र प्रसाद सिंहले नीतीश कुमारले एनडीएको साथ छोडेर राजदसँग जाने निर्णय गर्नु सन् २०२० को जनादेशमाथिको विश्‍वासघात भएको बताएका छन्। यस विषयमा भारतीय राष्ट्रिय कांग्रेसका प्रवक्ता जयराम रमेहले बिहारमा नीतीश कुमारले एनडीएबाट अलग हुने फैसला गरेकोप्रति व्यंग्य गरेको छ। जयरामले भनेका छन्, 'मार्च २०२० मा मध्य प्रदेशमा कमलनाथ सरकारको ढाल्नका लागि मोदी सरकारले कोभिड-१९ को लकडाउनलाई अघि बढाएका थिए। अब संसद् सत्र निर्धारित समयभन्दा कम गर्नुपर्‍यो। किनकी बिहारमा उनको गठबन्धनको सरकार ढलेको छ। उत्थानपछि पतन निश्‍चित नै हुन्छ।' 

Metro Mart
vianet

नीतीश कुमारले गठबन्धन छोडेपछि बीजेपीले पार्टी र जनतासँग धोका भएको टिप्पणी गरेको छ। बिहारमा बीजेपीका अध्यक्ष सञ्‍जय जायसवालले पटनाका एक पत्रकार सम्मेलन गर्दै यस धोकालाई जनताले सहन नगर्ने बताएका हुन्। उनले थपे, 'यो बिहारका जनता र बीजेपीसँग गरिएको धोखा हो। जनादेशसँग धोका भएको छ। नीतीश कुमारले जनता र पार्टीलाई धोका दिएका छन्।' 

उनले सन् २०२० मा एनडीएलाई जनादेश दिएको बताउँदै थपे, 'जदयूको बीजेपीभन्दा कम सिट थियो। यसका बाबजूद पनि मोदीको आग्रहमा नीतीश कुमारलाई मुख्यमन्त्री बनाइएको हो। सन् २०१७ मा नीतीश कुमारले गरेको भ्रष्टाचारको मुद्दा अब के हुन्छ?'

बिहारका पूर्वमुख्यमन्त्रीसमेत रहेका जीतम राम माझीले नीतीश कुमारलाई समर्थन गर्ने घोषणा गरेका छन्। उनले भनेका छन्, 'हाम्रो संसदीय दलले नीतीश कुमारको नेतृत्वमा बन्‍ने सरकारलाई साथ दिने निर्णय गरेको छ।' हिन्दुस्तान अवाम मोर्चाका बिहारमा ४ सांसद छन्। उनले भने, 'विकसित बिहारका शिल्पीकार माननीय मुख्यमन्त्रि नीतीश कुमार जीको नेतृत्वमा बिहार अघि बढिरहेको छ र निरन्तर अघि बढ्छ।

बिहारमा एनडीएले १२५ सिट, महागठबन्धन (राजद, जदयू, आईएनसी, सीपीआई-एमएल, एचएएम, सीपीआई, सपीआई-एम, आईएनडी)ले १६४ सिट र बीजेपीले ७७ सिटमा जित हात पारेको थियो। 


प्रकाशित: Aug 09, 2022| 19:54 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।