बुधबार, वैशाख १२, २०८१

चीन आश्वस्त पार्ने नेपाल प्रयास!

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा दुई मुलुकबीच २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा लिएर अघि बढ्ने वातावरण बनाउने गरी भ्रमणको गृहकार्य भएको छ।
 |  मंगलबार, साउन २४, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

मंगलबार, साउन २४, २०७९

काठमाडौं- ताइवान मामिलामा अमेरिका र चीनबीच तनाव चर्किरहेका बेला परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलबार साँझ चीनको औपचारिक भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीबाट निमन्त्रणा पाएको नौ महिनापछि हुन लागेको परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछिको पहिलो उच्च तहको भ्रमण हो। 

triton college

परराष्ट्रमन्त्री खड्कालाई समकक्षी वाङले २०७८ कात्तिक २ मा पहिलोपटक टेलिफोन कुराकानीका क्रममा चीन भ्रमणको निम्ता गरेका थिए। त्यसपछि देउवा सरकारको पहिलो चिनियाँ पाहुनाका रुपमा नेपाल आएको समयमा पनि विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएका थिए। 

गएको महिना नै परराष्ट्रमन्त्रीको चीन भ्रमण हुने बताइए पनि राजदूत बिदामा भएको र आवश्यक तयारी पनि नभएका कारण भ्रमण हुन सकेको थिएन। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, 'परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासबीच निरन्तर समन्वयपछि मन्त्रीज्यूको चीन भ्रमणको मिति तय भएको हो। दुई महिना अघिसम्म नेपालले भ्रमणका विषयमा फलोअप गरिरहेको थियो, तर पछिल्लोपटक चीनले बढी चासो देखाएर भ्रमण हुन लागेको हो।' 

अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको अभिन्‍न अंग भनिएको ताइवानको औपचारिक भ्रमण गरेपछि चीनले अन्तर्राष्ट्रिय साथ खोजिरहेको छ। नेपालका लागि चिनयाँ राजदूत होउ यान्छीले पेलोसीको ताइवान भ्रमणको दोस्रो बिहान नै नेपाल एक चीन नीतप्रति प्रतिबद्ध रहेको विश्‍वास व्यक्त गर्दै नेपालको साथ खोजेकी थिइन्। यसमा नेपालसहित विश्वका १०० भन्दा बढी मुलुकले समर्थन गरेका छन्। यसअघि परराष्ट्र मन्त्रालयले नेपालले अंगाल्दै आएको एक चीन नीतिमा प्रतिबद्ध रहेको अभिव्यक्ति दोहोर्‍याएको थियो। 

परराष्ट्रमन्त्री खड्कालाई समकक्षी वाङले २०७८ कात्तिक २ मा पहिलोपटक टेलिफोन कुराकानीका क्रममा चीन भ्रमणको निम्ता गरेका थिए। त्यसपछि देउवा सरकारको पहिलो चिनियाँ पाहुनाका रुपमा नेपाल आएको समयमा पनि विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएका थिए। 

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले परराष्ट्रमन्त्री खड्काको चीनको भ्रमणबारे जानकारी गराउँदै भनेकी छन्, 'नेपाल र चीन असल छिमेकी तथा साझेदार हुन्। नेपाली परराष्ट्रमन्त्री खड्काको यो भ्रमण चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको गत मार्चमा भएको नेपाल भ्रमणको आदानप्रदान हो। एक वर्षभित्रमा दुवै देशबाट मन्त्रीस्तरीय आउजाउले नेपाल र चीनबीचको विश्वासलाई प्रगाढ बनाएको छ। दुई देशका विदेशमन्त्रीहरूले एक वर्षभन्दा कम अवधिमा भ्रमण आदानप्रदान गरेका छन्, जसले चीन र नेपालबीचको आपसी विश्वास र मित्रतालाई झल्काउँछ।’ प्रवक्ता छुनका अनुसार चिनियाँ पक्षले यस भ्रमणबाट चीनले नेपाली पक्षसँग रणनीतिक सम्पर्कलाई थप सुदृढ गर्ने, एकअर्कालाई दृढताका साथ सहयोग गर्ने र विकास तथा समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारीलाई अगाडि बढाउन सघाउने अपेक्षा गरेको छ।

corrent noodles
Metro Mart

चिनियाँ विदेश मन्त्रालयले 'द्विपक्षीय भ्रमणले दुई मुलुकबीचको विश्‍वास प्रगाढ बनाउने' भन्नुको अर्थ चीनले नेपालबाट थप आश्वसतता खोजेको देखिन्छ। चीनले रोकियोस् भन्‍ने चाहना राखेको अमेरिकी अनुदान सहायता एमसीसी पारित, त्यसपछि नेपालमा भएका अमेरिकी कूटनीतिज्ञका भ्रमण र अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको काठमाडौंका विभिन्‍न तिब्बती शरणार्थी क्याम्पको अवलोकनले चीन सशंकित भएको देखिन्छ। पछिल्लो पटक अमेरिकाका लागि इण्डो-प्यासिफिक सैन्य कमाण्डर चार्ल्स फ्लिनको नेपाल भ्रमणपछि उठेको अमेरिकी सैन्य रणनीति परियोजना 'स्टेट पार्टनरसिप प्रोग्राम'मा नेपाल संलग्‍न हुने कुराले चीनलाई थप झस्काएको थियो। पछि नेपाल सरकारले एसपीपी खारेज गर्ने निर्णय गरेपछि प्रफुल्लित भएको चीनले सरकारको प्रशंसा गरेको थियो।

असार २६–२९ मा नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले पछिल्लो समय नेपालमा चीनविरोधी गतिविधि बढेको अभिव्यक्ति दिएका थिए। लगत्तै नेपाली पक्षले ‘एक चीन’ नीतिमा प्रतिबद्ध रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेको थियो। यस्तो अवस्थामा हुन लागेको नेपालका परराष्ट्रमन्त्री डा. खड्काको भ्रमणको मुख्य एजेण्डा छिमेकी चीनलाई विश्‍वस्त पार्नु रहेको कूटनीतज्ञहरु बताउँछन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलमा पनि पूर्व परराष्ट्रमन्त्रीहरुले विश्‍वमा दोस्रो शीतयुद्ध सुरु भइसकेको अवस्थामा नेपालले सजगता अपनाउनुपर्ने सुझाव दिएका थिए। 


प्रकाशित: Aug 09, 2022| 15:36 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...