बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रूसले यूक्रेनमा गरेको आक्रमणविरूद्ध जनमत जुटाउन ब्लिन्केन अफ्रिका भ्रमणमा

रूसले यूक्रेनमा गरेको आक्रमणविरूद्ध जनमत जुटाउन ब्लिन्केन अफ्रिका भ्रमणमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार दक्षिण अफ्रिका पुगेका छन्। वासिङ्टनले यूक्रेन युद्धविरूद्ध अफ्रिकामा समर्थन जुटाउन विदेशमन्त्री ब्लिङ्केनलाई दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रूवाण्डा गरी तीन अफ्रिकी मुलुकको भ्रमणमा पठाएको हो।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

वाशिङ्टन- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार दक्षिण अफ्रिका पुगेका छन्। वासिङ्टनले यूक्रेन युद्धविरूद्ध अफ्रिकामा समर्थन जुटाउन विदेशमन्त्री ब्लिङ्केनलाई दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रूवाण्डा गरी तीन अफ्रिकी मुलुकको भ्रमणमा पठाएको हो। 

गत महिनाको अन्ततिर रूसी विदेश मन्त्री सर्गेई लाभरोभले अफ्रिकाको विस्तृत भ्रमण गर्नुभएको थियो। रूसी विदेशमन्त्रीको अफ्रिका भ्रमणको केही हप्तापछि हुन लागेको ब्लिङ्केनको भ्रमणलाई यूक्रेन युद्धमा पश्चिमी गठबन्धनमा बल पुर्‍याउने कूटनीतिक पहलका रूपमा हेरिएको छ। 

विकासशील मुलुकको अग्रणी दक्षिण अफ्रिका यूक्रेन युद्धमा तटस्थ रहँदै आएको छ। सन् १९९४ मा स्वेत अल्पसङ्ख्यक शासनको अन्त्य हुनुअघि मस्कोको निन्दा गर्ने पश्चिमी आह्वानमा सामेल हुन अस्वीकार गरेका थिए।  

ब्लिन्केनले सोमबार दक्षिण अफ्रिकी समकक्ष नालेडी पान्डरसँग वार्ता गर्नुहुनेछ र अमेरिकी सरकारको नयाँ अफ्रिका रणनीतिबारे नीतिगत घोषणा पनि गर्ने दक्षिण अफ्रिकी सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यी दुई नेताले विश्वव्यापी भौगोलिक परिवेशमा नवीनतम घटनाहरूबारे छलफल गर्ने विज्ञप्तिमा उल्लेख छ। 

अमेरिकी विदेश मन्त्रालयले गत महिना अफ्रिकी देशहरूलाई वर्तमान् समयको सबैभन्दा दबाबपूर्ण विषयहरूमा भू–रणनीतिक एवं महत्वपूर्ण साझेदारका रूपमा लिएको बताएको थियो। खुला र स्थिर अन्तरराष्ट्रिय प्रणालीको प्रवर्धनदेखि जलवायु परिवर्तन, खाद्य असुरक्षा र विश्वव्यापी महामारीको प्रभावको सामना गर्न अफ्रिकाको पनि भूमिका महत्वपूर्ण रहने अमेरिकी बुझाइ रहेको छ।

kumari

यस महादेशभन्दा बाहिरको ठूलो कूटनीतिक प्रभाव रहेको अफ्रिकी महाशक्ति दक्षिण अफ्रिका उन्नत अर्थव्यवस्थाहरूको समूह ( ब्रिक्स) को सदस्य पनि रहेको छ। जून महिनामा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स देशहरूलाई पश्चिमबाट ‘स्वार्थी कार्यहरू’को सामना गर्न सहयोग गर्न आग्रह गरेका थिए। 

प्रिटोरियास्थित थिङ्क–ट्यांक इन्स्टिच्युट फर सेक्युरिटी स्टडिजका प्रमुख फोन्टेह अकमका अनुसार ब्लिन्केनको भ्रमणले अमेरिकालाई दक्षिणी अफ्रिकी देशको वर्तमान् मनस्थिति बुझ्न मद्दत गर्नेछ। अकमले एएफपीसँग भन्नुभयो, “यसले ‘दक्षिण अफ्रिकालाई पश्चिमी संयन्त्रमा ल्याउने’ लक्ष्य पनि लिनेछ। अमेरिका ‘फरक ढंगले संलग्न हुन चाहन्छ र अन्तरराष्ट्रिय सम्बन्धमा अफ्रिकी निकायलाई बुझ्ने तर्फ अघि बढ्न चाहन्छ र त्यसकारण कूटनीतिक सहभागितामा वृद्धि’ भनिएको विशेषज्ञले बताएका छन्। 

ब्लिन्केनअघि गत महिनाको अन्ततिर फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्राँेलको बेनिन, क्यामरून र गिनी–बिसाउको भ्रमण गर्नुभएको थियो। त्यस्तै सी नेता लाभरोभले कङ्गो–ब्राज्जाभिल, इजिप्ट, इथियोपिया र युगान्डाको भ्रमण गरेका थिए। 

प्रकाशित: Aug 08, 2022| 00:10 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।