आइतबार, जेठ ३, २०८३

हर्न नबजाउन मेयर बालेनको आग्रह, पुनः सुरु भयो अभियान

काठमाडौं महानगरमा आज आइतबारदेखि ‘नो हर्न’ अभियान पुनः सुरु भएको छ। ०७४ साल वैशाख १ गते पहिलोपटक यो अभियान थालिएको थियो। अभियान सुरु प्रभावकारी भए पनि फेरि हर्न बज्न थालेपछि यसलाई फेरि थालिएको हो।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं– काठमाडौं महानगरमा आज आइतबारदेखि ‘नो हर्न’ अभियान पुनः सुरु भएको छ। ०७४ साल वैशाख १ गते पहिलोपटक यो अभियान थालिएको थियो। अभियान सुरु प्रभावकारी भए पनि फेरि हर्न बज्न थालेपछि यसलाई फेरि थालिएको हो। 

National life

आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र महानगरीय प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले ‘नो हर्न’ लेखिएको स्टिकर एकअर्काको सवारी साधनमा टाँसेर अभियान शुभारम्भ गरे।

त्यस क्रममा प्रमुख शाहले हर्नबाट सुनिने ध्वनि प्रदूषण, सडक व्यवस्थापनमा मात्र नभई वातावरणीय र मानव स्वास्थ्यजन्य समस्या रहेको बताए। उनले भने, ‘अगाडि कुनै न कुनै प्रकारको समस्या भएर नै सवारी जाम हुने हो। पछाडिका सवारीसाधनले हर्न बजाउँदा अगाडिको समस्या समाधानमा सहयोग पुग्दैन। बरु वातावरण र जनस्वास्थ्यमा समस्या थपिन्छ। त्यसैले आवश्यक नभएको ठाउँमा हर्न नबजाउन हाम्रो आग्रह छ।’

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक चौधरीले अभियानलाई सफल बनाउन सबै पक्षबाट सहयोग हुनुपर्ने बताइन्। सवारी चालकले अब सामान्य अवस्थामा हर्न बजाउन पाउने छैनन्। तर, सवारी दुर्घटना हुने अवस्था आएमा, सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आयो भने चालकले छोटो हर्न बजाउन सक्नेछन्।

यदि कसैले यसको पालना गरेन भने एक पटकमा ५०० रुपैयाँसम्म जरिमाना हुनेछ। यो नियम एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, शव वाहन, दमकलका लागि लागू हुनेछैन।

प्रकाशित: Aug 07, 2022| 17:09 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।