मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिफारिस समितिमा पठाइयो प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव

सिफारिस समितिमा पठाइयो प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव

आइतबार संसद्‌मा भएको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसद्‌को बहुमतले महाअभियोग प्रस्ताव पास गरेको थियो।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९
National life
Shivam cement

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाएको छ।आइतबार संसद्‌मा भएको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसद्‌को बहुमतले महाअभियोग प्रस्ताव पास गरेको थियो। 

अघिल्लो वर्ष भदौदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसन र कानून व्यवसायीले शुरु गरेको आन्दोलन फागुनमा प्रतिनिधिसभामा प्रवेश गरेको थियो। प्रधानन्यायाधीशविरुद्ध कानून व्यवसायीहरुले लगाएका न्याय सम्पादनमा भ्रष्टाचारी र बिचौलियाका मुद्दालाई छिटो किनारा लगाइ न्याय सम्पादनमा पक्षपात गरेको, मुद्दा थन्काएको, न्यायालयको स्वतन्त्रता, शुद्धता, निष्पक्षता र गरिमामा कुठाराघात गरेको लगायतका १७ आरोपमा ५ आरोप थप्दै १ फागुनमा सत्ता गठबन्धनले संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो।

उक्त प्रस्ताव दर्तासँगै जबरा निलम्बित भएकोमा त्यसयता सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीश दीपकबहादुर कार्कीको नेतृत्वमा छ।

प्रकाशित: Aug 07, 2022| 16:47 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...