मंगलबार, जेठ २६, २०८३

‘बूढो समय’ लिएर आए बाबुराम

शनिबार राजधानीमा आयोजित कार्यक्रममा कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, गीतकार डा. कृष्णहरि बराल, ज्ञानु अधिकारी, महेश पौड्याल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकापर्ण गरेका हुन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- कवि बाबुराम श्रेष्ठ ‘यात्री’को कविता संग्रह ‘बूढो समय’ विमोचन भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, गीतकार डा. कृष्णहरि बराल,  ज्ञानु अधिकारी, महेश पौड्याल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकापर्ण गरेका हुन्। 

National life

गीतकार डा. कृष्णहरि बरालले यात्रीको कविताहरूमा प्रगतिवादी धारको चर्चा गरे। उपत्यकाको सांस्कृतिक सम्पदा र ऐतिहासिक पुरातत्वमाथि अखबारी लेखन गर्दै आएका कविले‘ काठमाडौंहरू’ शीर्षकको कवितामाथि असहमति नै जनाएका छन्। 'काठमाडौंले कसलाई चुसेको छ? म काठमाडौंमा जन्मिएको मानिस हुँ। म सोच्छु बाहिरका मानिसले हामीलाई पो चुसिरहेको छ कि?’

लेखक तथा समालोचक महेश पौडेलले यात्रीले सहरभन्दा टाढा ग्रामीण बस्तीका अनुभूतिलाई कवितामा उतारिएको भन्दै प्रशंशा गरेका थिए।

सिन्धुलीको विजयछापमा जन्मिएका कवि यात्री मरिण बहुमुखी क्याम्पस र कपिलाकोट माध्यमिक विद्यालयमा पढाउँछन्। 

प्रकाशित: Aug 07, 2022| 15:56 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।