शनिबार, साउन १६, २०८३

वातावरण र गाउँ-ठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षारोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो ठाउँठाउँ हरित बनाउनुपर्ने बताए।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

पर्सा- वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन्। आइतबार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षारोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो ठाउँठाउँ हरित बनाउनुपर्ने बताए। 

उनले भने, ‘वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो हरियाली बनाउन म आग्रह गर्दछु।’ यसैगरी मन्त्री यादवले राउण्ड टेबल नेपाल संस्थाका युवाको कामको प्रशंसा गर्दै भने, ‘वन जङ्गल जोगाउन तथा हरियाली बनाउनमा युवाको भूमिका उल्लेख्य छ, युवा अग्रसर भए मात्र हाम्रो देश पनि हरियाली हुनेछ र जङ्गल जागिनेछ।’

उक्त कार्यक्रममा मन्त्री यादवसहित वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंह लगायतले वृक्षरोपण गरेको मन्त्री यादवका प्रेस संयोजक विमलबहादुर विष्टले जानकारी दिए। 

प्रकाशित: Aug 07, 2022| 13:47 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।