शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरो पीडितको उचित व्यवस्थापन गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

बाढीपहिरो पीडितको उचित व्यवस्थापन गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

बाढीपहिरो पीडितको उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- बाढीपहिरो पीडितको उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न सांसदहरूको माग छ।

सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले जोखिममा रहेको बस्तीका जनताको उचित व्यवस्थापन गर्न माग गरेका छन्। 

सांसदहरूमा लक्ष्मी परियार, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, वीनाकुमारी बुढाथोकी, विद्या भट्टराईलगायतले बाढीले आफ्नो जिल्लामा पुर्‍याएको क्षतिबारे संसदलाई जानकारी गराएका थिए।

प्रकाशित: Aug 07, 2022| 12:07 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।