बारा- प्रहरीले बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडक खण्डबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। दुई किलो गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका-११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट दुई जनालाई पक्राउ गरेको हो।
रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको पाएलगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्गतर्फ जाँदै गरेको प्रदेश–३–०३–००१ प २१०५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२ रामथलीका का ३० वर्षीय बिजय तमाङ र ३२ वर्षीय सन्तबहादुर लुम्बा रहेका छन्। उनीहरूले बोकेको झोला खानतलासी गर्दा दुई किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
लागूऔषध फेला परेपश्चात उनीहरू सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।