मंगलबार, जेठ २६, २०८३

परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा सोनाको तीज गीत

सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीजको गीत सार्वजनिक भएको छ। शुक्रबार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ।  

National life

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सोना अमात्य, शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूर्णिमा बानियाँ, सब्बु राना बमलगायत कलाकारको अभिनय छ। चन्द्रमणि भट्टराईको शव्द, डेनी निरौलाको संगीत र सोना अमात्यको स्वरमा रहेको गीतलाई पारिवारिक परिवेश र सामाजिक कथामा खिचिएको छ। गीतको संगीत संयोजन योगेश काजीले र मिक्सिङ् पवन विश्वकर्माले गरेका हुन्। 

भिडियोमा सुबोल थापाको सह निर्देशन रहेको छ। यसलाई नवराज उप्रेतीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन्।  

भिडियोको बारेमा निर्देशक विष्ट भन्छन्, ‘भिडियोलाई हामीले घरभित्रको परिवेशमा खिचेका छौँ। भिडियो खिच्न हामी पार्टी प्यालेसमा गएनौँ। हामीलाई थाहा छ, तीज पर्व पारिवारिक र सामाजिक पर्व हो। यसको मर्मलाई भिडियो निर्माणको मुख्य आधार बनाएका छौँ।’ पात्र चयनमा विषयमा कुरा गर्दै निर्देशक विष्टले, संयुक्त परिवारमा हुने हजुरआमा, आमा, फूपू, भाउजू, नन्द, छोरी बुहारी र उहाँहरुको मनोविज्ञानलाई भिडियोमा उतार्न खोजिएको बताए। सृङ्गार, गरगहना र पहिरनमा ख्याल गरिएको छ। भिडियोलाई भड्किलो हुनबाट बचाउने प्रयास गरिएको छ। विष्टको भनाइ छ।   

विवाहित महिलाको सृङ्गार र सृङ्गारभित्रको भावनात्मक उत्सुकतालाई तीजको परम्परागत पक्षसँग जोडेर देखाएका छौँ। गायिका तथा नायिका अमात्य भन्छिन्, ‘दर खाने र हरितालिका तीजमा व्रत बस्ने मुख्य क्रियाकलापलाई पारिवारिक वातावरणमा प्रस्तुत गरेका छौँ।’

Shivam cement

गीत सिर्जना गर्दा तीज पर्वको संयोगान्त र वियोगान्त दुवै पक्षको विश्लेषण गरेर बदलिँदो परिवेशअनुकुल बनाउन खोजिएको छ। गीतकार भट्टराईकाअनुसार, तीज कुनै बेला वेदनाका गीत गाउने पर्व थियो। त्यो पक्ष भनेको शास्त्रीय नभइ सामाजिक परिवेश थियो। अहिले त्यो परिवेश फेरिएको छ। त्यसैले हामीले वेदनाका गीत गाउने समयलाई सामाजिक विकासको चरणका रुपमा सम्झना गर्दै परिवर्तित परिस्थितिलाई चित्रण गर्दै जानुपर्छ।

प्रकाशित: Aug 07, 2022| 10:51 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।