आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • तीन वटा पार्टी जन्माउँदा पनि राजनीतिक परीक्षण अधुरै : बाबुराम भट्टराई

तीन वटा पार्टी जन्माउँदा पनि राजनीतिक परीक्षण अधुरै : बाबुराम भट्टराई

नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षण गर्नुपर्ने भट्टराईको तर्क।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं– जसपाबाट निष्कासनमा परेपछि नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा दुई÷तीन वटा पार्टी जन्माउँदा पनि परीक्षण अधुरै भएको बताएका छन्।

शनिबार नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

उनले भने, ‘हामीले दुई÷तीन वटा प्रयोग गर्‍यौं तर त्यसले खोजेजस्तो परिणाम दिइरहेको छैन। नेपाली समाजको जटिलता, जटिल भू–राजनीति छ, अन्तर्राष्ट्रिय परिवेश छ। त्यसमा अझ धेरै परीक्षणबाट गुज्रिनुपर्छ। सोही कारण यही पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्दै नेपाल समाजवादी पार्टी गठन गरेका हौं।’

नयाँ इतिहास सुरु गर्ने हिम्मत र आँटका साथ अप्ठेरासँग जुध्न नयाँ पार्टी स्थापना गरिएको उनले सुनाए। उनले भने, ‘सजिलो बाटो जो पनि हिँड्न सक्छ। समस्या समाधानका लागि असजिलो बाटो हिँड्ने हिम्मत र साहस गर्नुपर्छ। त्यो हिम्मत गरेरै नयाँ पार्टी जन्माएका हौं।’

उनले जसपालाई रुपान्तरण गर्ने प्रयास निरन्तर गरिरहे पनि पुरानै र क्षेत्रीय पार्टीबाट माथि जान नसकेको दाबी गरे। ‘जसपा नेतृत्वमा रहेकाहरू जातिगत, क्षेत्रगत संकीर्णताभन्दा माथि उठेर जान चाहेनन्,’ भट्टराईले भने।

प्रकाशित: Aug 06, 2022| 15:24 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...