आइतबार, साउन २४, २०८३

ठूला पार्टीसँग चुनावी एजेन्डा नै छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ६/६ जना पूर्वप्रधानमन्त्री जिउँदो भएको देशमा के भयो भनेर प्रश्न गर्न नागरिकलाई आग्रह गरेका छन्।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ६/६ जना पूर्वप्रधानमन्त्री जिउँदो भएको देशमा के भयो भनेर प्रश्न गर्न नागरिकलाई आग्रह गरेका छन्। उनले मुलुकमा ६/६ जना प्रधानमन्त्री हुँदा पनि कुनै पनि गर्व गर्न लायक काम नभएको आरोप लगाए। 

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले अब यस्ता काम नगर्ने पूर्वप्रधानमन्त्री र ठूला भनिएका पार्टीलाई चिन्ने बेला आएको बताए। ‘आफै पढेको त्रिचन्द्र कलेजको दूरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन्’ अध्यक्ष लामिछानेले प्रश्न गरे, ‘ठूला पार्टीहरूले तपाइहरूलाई झुक्याई मात्रै राखेका छन्, त्यसैले यसपटक त्यस्ता झुटको पछि नलाग्नुस्।’ 

उनले ठूला भनिएका पार्टीले अब आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता समेत नभएको बताए। ‘के गर्छौ र के दिन्छौं भनेर भोट माग्छन् उनले भने, ‘थप झुक्याउनका लागि ठूला भनिएका दलहरूसँग नारा नै छैन।’ 

उनले नेपाली मतदाता मासुभातमा बिक्छन भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए। यसपालि चुनावका दिन एकादशी र आइतबार रविबार परेको प्रसंग उल्लेख गर्दै उनले मासुभातले समेत काम नगर्ने संकेत गरे।  

२४सैं घण्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने उनले वाचा गरे। उनले भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए। उनले अहिले पनि जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहेकाले आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए। 

उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने बताए। केहिसमयअघिसम्म सिधा कुरा नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेका लामिछाने पार्टी गठन गरेर संगठन विस्तारमा हिँडेका हुन्। लामिछाने पश्चिम नेपालबाट संगठन विस्तार गर्दै भेलामा सरिक भएका हुन्।

प्रकाशित: Aug 06, 2022| 13:58 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...