मंगलबार, जेठ २६, २०८३

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्। 

National life

शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले फस्र्ट म्यान बनेर देशको विकास गर्ने चाहना रहेको बताएका हुन्।

उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताए। उनले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए।

उनले भने, ‘मलाई साथ दिए, मौका पाएँ भने मेरो त तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु। नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्ने कुरा म देखाउन चाहन्छु।’ 

नेपाली काँग्रेसको नेतृत्वले जनतालाई अधिकार दिलाउने काममा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले प्राप्त गरेका ती अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा काँग्रेसले लिड गर्ने दाबी गरे। 

Shivam cement

उनले देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने दाबी गरे।

उनले भने, ‘विश्वमा ग्रीन इनर्जीको प्रयोग भैरहेको छ। प्रदूषणका कारणले गर्दा मानवजातिले कल्पना नै नगरेको समस्या भोग्नुपरिरहेको छ। ग्रीन इनर्जी पनि हाइड्रो इनर्जी भन्दा सस्तो हुने गरेर नेपालमा चिप रुपमा हाइड्रो उत्पादन गर्नसक्ने राष्ट्र हो। यस्ता कुरामा हामीले ध्यान दिन जरुरी छ। देशको अर्थतन्त्र एकैपटक माथि उठाउन सक्ने हाइड्रोको उत्पादनका कुरामा ध्यान दिन जरुरी छ। प्राध्यापक, विद्यार्थीहरुले ल्याएका नयाँ कुराहरुलाई हामीले राष्ट्रको हित र अर्थतन्त्र सुधार गर्ने कुरा गम्भीर रुपले लिन आवश्यक छ। यस्ता विषयमा आवश्यक कानूनहरु चाँडै बनाउन लगाएर त्यसको प्रतिफल आम नेपाली जनताले पाउनुपर्छ भन्ने कुरा हो।’ 

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको बताए। उनले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाए। नेता सिंहले सबै नेताको एकै किसिमको स्वभाव र चरित्र नहुने भन्दै एउटाले भ्रष्टाचार गरेको कुरामा सबै नेता त्यस्तै हुन् भन्न नमिल्ने जिकिर गरे।  

प्रकाशित: Aug 06, 2022| 13:27 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...