मंगलबार, जेठ २६, २०८३

प्रतिनिधिसभामा भोलिदेखि चोलेन्द्रमाथिको महाभियोगमा छलफल

प्रतिनिधिसभामा आइतबारदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगमा छलफल हुने भएको छ।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं- प्रतिनिधिसभामा आइतबारदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगमा छलफल हुने भएको छ। 

National life

संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठक राणामाथिको महाअभियोगको प्रस्तावबारे छलफल हुने उल्लेख गरी कार्यसूची प्रकाशित गरेको छ। 

प्रकाशित कार्यसूचीको चौथो बुँदामा चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ। 

गत फागुन १९ गते संसदमा प्रधानन्यायाधीश राणामाथिको महाभियोग दर्ता भए पनि उनी निलम्बनमा रहेका छन् । त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको थिए। 

आइतबारको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ।

Shivam cement



प्रकाशित: Aug 06, 2022| 12:50 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...