मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • यान्छीसँग गृहमन्त्रीले भने- चीनविरुद्ध गतिविधि हुन नदिन प्रतिबद्ध छौँ

यान्छीसँग गृहमन्त्रीले भने- चीनविरुद्ध गतिविधि हुन नदिन प्रतिबद्ध छौँ

नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ,' गृहमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

National life

भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पारेका थिए। 'नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ,' गृहमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए। 

गृहमन्त्रीले यान्छीलाई नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि जानकारी गराएका थिए। छिमेकी मुलुक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो।

भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन्। सरकारले बिहीबारमात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले जानकारी गराएकी थिइन्। 

राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताएकी थिइन्। यसै वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराएकी थिइन्।

Shivam cement

यसैबीच परराष्ट्रमन्त्री डा. नारायण खड्का अर्को साता चीन भ्रमणमा जाँदैछन्। समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. अगस्ट ९ देखि ११ सम्म चीन भ्रमणमा जाने भएका हुन्।

१० अगस्टमा चीनको छिङ्दाओमा दुवै देशका परराष्ट्रमन्त्रीहरूले प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्य भ्रमण सकेर ११ अगस्टमा काठमाडौं फर्किनेछन्।

यसअघि असार २६ गते चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमणमा आएका थिए। 

प्रकाशित: Aug 05, 2022| 19:30 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...