आइतबार, जेठ ३, २०८३

लाङटाङ राष्ट्रिय निकुञ्जले बाँड्यो किसानलाई ३६ लाख

जङ्गली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्ति वापत उक्त रकम प्रदान गरिएको हो।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

रसुवा- वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले किसानलाई ३६ लाख राहत रकम वितरण गरेको छ। जङ्गली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्ति वापत उक्त रकम प्रदान गरिएको हो। 

National life

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा उक्त राहत रकम वितरण गरिएको हो। राहत पाउनेमा पशु चौपाया नोक्सान भएका ८१, अन्नबाली क्षतिका चार सय आठ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका पाँच स्थानीय बासिन्दा छन्।

वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिको हकमा सरकारी अस्पतालमा उपचार भएको बिल बमोजिम र अन्नबाली तथा चौपाया क्षतिका सम्बन्धमा मापदण्डको परिधिभित्र रही स्थानीय मूल्याङ्कनका आधारमा क्षतिपूर्ति प्रदान गरिँदै आएको छ। 

यस्तै निकुञ्जको संरक्षण कार्य प्रभावकारी बनाउन गत आर्थिक वर्षमा सम्पन्न विकास कामको प्रगति एवं खर्चसमेत सार्वजनिक भएको छ। विनियोजित रकम २८ लाख ८८ हजारमध्ये लक्षित विकास निर्माणका संरचना तयार गराउन २५ लाख २५ हजार खर्च भएको र समग्र प्रगति ९१ दशमलव ८२ प्रतिशत पूरा भएको निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: Aug 05, 2022| 11:52 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।