आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि पहिरो खस्यो, यातायात अवरुद्ध

मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि पहिरो खस्यो, यातायात अवरुद्ध

मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

National life

तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ। ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीको भनाइ छ।

यसअघि सोमबार राति पनि केराबारीमै पहिरो गएको थियो। उक्त पहिरोमा २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो।

बुधबार बिहान ९ बजे पहिरो पन्छाएर खुलेको सडक पुन गएरातिको पहरोले अवरूद्ध पारेको छ।

प्रकाशित: Aug 05, 2022| 08:16 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।