आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ, धनगढीमा किन्न पर्खिएका चार जना पनि समातिए

लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ, धनगढीमा किन्न पर्खिएका चार जना पनि समातिए

कञ्चनपुरको बेलौरीमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

धनगढी- कञ्चनपुरको बेलौरीमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ गुलरीयाका २४ वर्षीय गणेश भण्डारी र अछामको साँफेबगर नगरपालिका-७ रिडीकोटका २२ वर्षीय दिपेन्द्र केसी रहेका छन्।

National life

उनीहरूको साथबाट १४ दशमलव ७५ ग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। दुवै जनालाई बेलौरी बजारबाट सुपप्र ०१ ००८ प ८८७८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो।

उनीहरूको साथबाट बरामद गरिएको लागूऔष आफूहरूका लागि नभई अरुले नै मगाएर ल्याएको बताएपछि धनगढीबाट थप चार जना पक्राउ परेको बेलौरी प्रहरीले जनाएको छ।  बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले धनगढीस्थित बसपार्कबाट कृष्णपुर-४ का २५ वर्षीय रोशन ऐर, साँफेबगर-४ का २० वर्षीय सन्दीप कुँवर, २६ वर्षीय विक्रम कुँवर र २३ वर्षीय क्षितिज बुढालाई पक्राउ गरिएको बताए।

उनीहरुको साथबाट नचिनिएको लागूऔषध जस्तो अन्य ३० ट्याबलेट पनि पाइएको प्रहरी निरीक्षक भण्डारीले बताए। उनका अनुसार बेलौरीमा समातिएका भण्डारी र केसीले भारतबाट लागूऔषध ल्याएका हुन्। पक्राउ परेका ६ जनालाई नै इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको र थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: Aug 05, 2022| 08:10 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।