बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ताइवानमा चीनले ११ वटा क्षेप्यास्त्र प्रहार गरेपछि जापानको आपत्ति

ताइवानमा चीनले ११ वटा क्षेप्यास्त्र प्रहार गरेपछि जापानको आपत्ति

चीनले यो समाचार तयार पार्दासम्म ११ वटा क्षेप्यास्त्र आफ्नो भूमीमा प्रहार गरेको ताइवानले दाबी गरेको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- चीनले यो समाचार तयार पार्दासम्म ११ वटा क्षेप्यास्त्र आफ्नो भूमीमा प्रहार गरेको ताइवानले दाबी गरेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेलगत्तै त्यसको प्रतिक्रिया स्वरुप चीनले क्षेप्यास्त्रहरू प्रहार गरेको हो।

चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ। रोएटर्स रिपोर्टका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन्।

चीनले प्रहार गरेका पाँच वटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको भन्दै उता जानले पनि आपत्ति जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए।

चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ। चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निष्तेज पार्न बताएका थिए।

स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरू भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ।

kumari

हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्। यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीले  जनाएको छ।

अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणप्रति कडा आक्रोशयुक्त प्रतिक्रिया व्यक्त गर्दै चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले चीनको चिनियाँ सशस्त्र सेनाले ‘जे भन्छ त्यो पूरा गर्ने’ बताएको छ।

प्रकाशित: Aug 05, 2022| 08:03 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।