बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण सुडानमा थप दुई वर्षका लागि संक्रमणकालीन सरकार रहने

दक्षिण सुडानमा थप दुई वर्षका लागि संक्रमणकालीन सरकार रहने

दक्षिण सुडानका नेताहरूले बिहीबार मुलुकको सङ्क्रमणकालीन सरकार शान्ति सम्झौतामा सहमति भएको समयसीमाभन्दा थप दुई वर्ष रहने जनाएका छन्।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

जुबा- दक्षिण सुडानका नेताहरूले बिहीबार मुलुकको सङ्क्रमणकालीन सरकार शान्ति सम्झौतामा सहमति भएको समयसीमाभन्दा थप दुई वर्ष रहने जनाएका छन्। 

विदेशी साझेदारहरूले दक्षिण सुडानमा अझै वैधानिकताको कमी भएको बताएका कारण सङ्क्रमणकालीन सरकारको अवधि लम्ब्याउनु परेको जनाइएको छ। 

झन्डै चार लाख नागरिकले युद्धमा ज्यान गुमाएपछि पाँच वर्षे गृहयुद्ध अन्त्य गर्न सन् २०१८ मा भएको सम्झौता भएको थियो। मन्त्रिपरिषद् मामिला मन्त्रालयका मार्टिन एलिया लोमुरोले भने, 'शान्ति सम्झौता कार्यान्वयनमा बाधा पुग्ने चुनौतीलाई सम्बोधन गर्न यो निर्णय लिइएको हो।' 

विश्वको सबैभन्दा कान्छो राष्ट्र, दक्षिण सुडानमा सन् २०२३ को फेब्रुअरीमा निर्वाचनसँगै सङ्क्रमणकालको समापन गर्न लागिएको थियो। तर, सरकारले अहिलेसम्म संविधानको मस्यौदा तयार गर्नेलगायतका सहमतिका मुख्य प्रावधान पूरा गर्न सकेको छैन।

प्रकाशित: Aug 05, 2022| 04:30 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।