आइतबार, जेठ ३, २०८३

सुर्खेतमा लागुऔषधसहित श्रीमान्-श्रीमती पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई आज दिउँसो १३:३० बजे पक्राउ गरेको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

National life

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई आज दिउँसो १३:३० बजे पक्राउ गरेको हो। 

नौमूले गाउँपालिका–२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिई बसेका उनीहरुलाई सोही स्थानबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। 

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले शङ्कास्पद अवस्थामा कोठामा बसिरहेका श्रीमान्-श्रीमतीलाई जाँच गर्दा बुढाक्षेत्रीका साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ एक पोका फेला पारी बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए। उनका अनुसार लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। 


प्रकाशित: Aug 04, 2022| 22:49 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।