आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने

भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने

यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

National life

भक्तपुर- भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते र सापारु (गाईजात्रा) साउन २७ गते मनाइने भएको छ। यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन रहेको छ। तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुजारी राजोपाध्याय एवं पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाइने गरिन्छ।

सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोहीअनुसार गर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचित गरेको हो। 

प्रकाशित: Aug 04, 2022| 23:15 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।