मंगलबार, जेठ २६, २०८३

'बा' बन्न किन अनकनाइरहेछन् राजेश हमाल?

बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि हुन पुगेका हमाललाई सञ्चारकर्मीले बाउको भूमिका किन गर्नुहुन्न तपाईं भनेर सोधे। जवाफमा हमालले खुलेर भने– बाबु हुने उमेर हो मेरो? अलिकति लाइट कम र अध्याँरो भएर हो। मलाई तलबाट माथिसम्म हेर्नुस् त।’
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– बौद्धिक अभिनेताका रूपमा पनि चिनिन्छन् राजेश हमाल। उनै हमाल हँसी–मजाक पनि गरिरहन्छन्। उनीमाथि अनेक जोक्स र मिम नबनेका होइनन् तर हमाल स्वयम् पनि जोक सुनाइरहन्छन्। 

National life

बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि हुन पुगेका हमाललाई सञ्चारकर्मीले बाउको भूमिका किन गर्नुहुन्न तपाईं भनेर सोधे। जवाफमा हमालले खुलेर भने– बाबु हुने उमेर हो मेरो? अलिकति लाइट कम र अध्याँरो भएर हो। मलाई तलबाट माथिसम्म हेर्नुस्  त।’

राजेश हमाललाई पछिल्ला सिनेमा निर्देशकले बुबाको भूमिका निर्वाह गर्नका लागि निरन्तर प्रस्ताव गरेका छन्। राम्रै पारिश्रमिक पाउँदा पनि बुबाको भूमिका निर्वाह गर्न मानेका छैनन् उनले। ‘छड्के २’सहित केही फिल्ममा उनलाई बाबुको रोलको अफर आएको खबर बाहिरिएको थियो। ५० लाख रुपैयाँ पारिश्रमिक प्रस्ताव गर्दा पनि उनले यो रोल गर्न नमानेको समाचार बाहिरिएको थियो। 

बाबुको भूमिका निर्वाह गर्न नचाहनुको कारणलाई क्यारेक्टर निर्माण कति बलियो छ भन्नेमा जोडे हमालले। उनले भने, ‘बाउको भूमिका निर्वाह नगर्ने भन्ने होइन। एउटा कलाकारले जस्तो भूमिका पनि गर्ने हो। तर कति सेन्टरमा बाउको भूमिका छ। कति सशक्त छ भन्ने हो।’

चलचित्र प्रेमगीत ३ का लागि हमाललाई महँगो पारिश्रमिकका साथ बाबुको भूमिकाका लागि प्रस्ताव आएको थियो। उनले नकारे। पछि शिव श्रेष्ठले त्यो भूमिका निर्वाह गरे।

Shivam cement

प्रेमगीत–३ भारतमा समेत सार्वजनिक हुन लागेपछि त्यसमा नजोडिएकोप्रति केही गुनासो छ कि भन्ने प्रश्नमा हमालले भने, ‘प्रेमगीत–३ नखेलेको प्रति कुनै गुनासो छैन। अफर आएको थियो, गरिनँ। अहिले नेपाली र हिन्दी दुवैको टिजर हेरें। फिल्म पनि राम्रो बनेको छ। हिन्दी भाषी दर्शकले पनि रुचाउँछन्।’ 

५० नाघिसकेका हमाल पछिल्लो समय म्युजिक भिडियोतिर पनि रोमान्स गरिरहेका छन्। तर पछिल्ला चलचित्रमा रोमान्स र एक्सन हिरोको रूपमा उनलाई देख्न पाइएको छैन। अभिनेता भुवन केसी त चलचित्र विकास बोर्डका अध्यक्ष भए भन्दै सञ्चारकर्मीले हमाललाई बूढो भएको महसुस गराउने कोसिस गरे। तर हमालले उल्टो केसीको तारिफ गरे। उनले भने, ‘भुवनजीले नयाँ जिम्मेवारी बहन पनि गर्नु भएको छ। यही क्षेत्रमा समर्पित हुनु भएको छ। उहाँले चलचित्र विकास बोर्डको अध्यक्षमा निर्वाह राम्रो गर्नुहुन्छ।’ 

प्रकाशित: Aug 04, 2022| 13:42 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।