शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीमा एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए

सप्तरीमा एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए

आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या १२ र घाइते हुनेको संख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ती मध्ये चार महिला, छ पुरुष र दुई बालक छन्।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

सप्तरी- लापरबाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन्।

आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या १२ र घाइते हुनेको संख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ती मध्ये चार महिला, छ पुरुष र दुई बालक छन्। करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको सो कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

उनका अनुसार घटनामा १२ महिला, आठ पुरुष र छ बालक घाइते भए। ज्यान गुमाउनुको मुख्य कारण मानवीय लापरबाही र विद्युत् प्राधिकरणको पनि लापरबाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष रहेको छ। बुधबार मात्र जिल्लाको कञ्चनरुपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको छ।

कञ्चनरुप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भन्ने सौदानन्द सरदारको समेत मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

घर आँगनमा रहेको ट्युबेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी कञ्चनरुप लगिएको थियो। स्वास्थ्य चौकीमा परीक्षण गर्दा चिकित्सकले दुवै जनाको मृत्यु भएको घोषणा गरेका थिए।

यसैगरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुःखी साहको छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत मंगलबार करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ।  -रासस

प्रकाशित: Aug 04, 2022| 13:09 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।