आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन लाख बढी मूल्य बराबरको स्टेशनरीका सामान धनगढीबाट बरामद

तीन लाख बढी मूल्य बराबरको स्टेशनरीका सामान धनगढीबाट बरामद

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–४, चटकपुरबाट तीन लाख ५३ हजार ९४० मूल्य बराबरको स्टेशनरीका सामान बरामद भएको कैलाली प्रहरीले जनाएको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

National life

धनगढी- कैलाली प्रहरीले धनगढीबाट तीन लाख बढी मूल्य बराबरको भन्सार छली गरेर ल्याइएको स्टेशनरीका सामान बरामद गरेको छ। 

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–४, चटकपुरबाट तीन लाख ५३ हजार ९४० मूल्य बराबरको स्टेशनरीका सामान बरामद भएको कैलाली प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भन्सार छलीका फोटोकपी पेपर ३८ पेटी, औजार बक्स ४७० पिस, ऐलेजर ४५ किलो, स्टेपलर ५५ पिस, तौलिया २८० पिस, थमपिन १०० पिस, मार्कर ११८०, टिपेक्स ५८० पिस, पेन्सिल रंगित एक पेटी, पेन्सिल ३०० पिस, गिफ्ट पेपर १० प्याकेट, लेमिनेशन रोल २०० पिस, चक ९० किलो, पेन तीन हजार ९०० पिस, खाम २९ किलो, फुटवल ५ पिस, रेकर्ड फायल पाँच हजार ७५० पिस, कैँची २५ प्याकेट, ग्राफ पेपर १०० पिस, लेमिनेशन पाउँच २०० पिस बरामद भएको हो। बरामद भएका सामान कैलाली भन्सारमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 04, 2022| 12:53 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।