आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिक्तेल रुपाकोटका २७ वर्षीय ट्र्याक्टर चालक किसन मृत फेला

दिक्तेल रुपाकोटका २७ वर्षीय ट्र्याक्टर चालक किसन मृत फेला

दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ बुधबार बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन्।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा परेका छन्। दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ बुधबार बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन्।

National life

हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक रोमणराज अर्यालले बताए। 'घटनाको अनुसन्धान भइरहेको छ', उनले भने, 'शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ।'

दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताएका छन्। हिङ्माङको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ।

किसनको शव शंकास्पद अवस्थामा फेला परेकाले छानविन नगरी परीक्षण गर्न नहुने उनका आफन्त रामकुमार हिङ्माङले माग गर्नुभयो। 'बुधबार बेलुका झगडा भएको भन्ने सुन्नमा आएको छ', उनले भने, 'किसनको मृत्यु नभई हत्या भएको अनुमान गरिएको छ।

यस विषयमा छानविन नगरी शव परीक्षण गर्न हुँदैन।' हिङ्माङका श्रीमती र एक छोरा छन्। उनीहरु आफ्नै घर बाम्राङमा बस्दै आएको जनाइएको छ।


प्रकाशित: Aug 04, 2022| 12:12 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।