शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ नेपाली पक्राउ

चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ नेपाली पक्राउ

ठमेलस्थित आफ्नै फ्लाइटबाट ती व्यक्तिलाई अपहरणकारीले अपहरण गरी गोंगबु पुर्‍याएका थिए।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ नेपालीलाई प्रहरीले गोंगबुबाट नियन्त्रणमा लिएको छ।

ठमेलस्थित आफ्नै फ्लाइटबाट ती व्यक्तिलाई अपहरणकारीले अपहरण गरी गोंगबु पुर्‍याएका थिए। गोंगबुमा बन्धक बनाएर १ करोड फिरौती मागेको कसूरमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता भरत बोहराले जानकारी दिए।

अपहरणमा संलग्नहरूबाट ८ लाख नगद र २७ वटा मोबाइल पनि नियन्त्रणमा लिएको उनले बताए।  बुधबार राति एक चिनियाँ नागरिक ठमेलबाट अपहरणमा परेका थिए। अपहरणमा अन्य व्यक्ति पनि संलग्न रहेकोमा ती व्यक्तिहरूको खोजी भइरहेको जानकारी परिसरले दिएको छ।

प्रकाशित: Aug 04, 2022| 11:59 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।