काठमाडौं- नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमानलाई नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ।
विमानको बायाँ इन्जिनमा धुवाँको मुस्लो देखिएपछि १० माइल उडेको जहाजलाई नेपालगञ्ज विमानस्थल फर्काएर आपतकालीन अवतरण गराइएको हो।
नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार विमान सुरक्षित अवतरण भएको छ। विमानमा चालक दलका सदस्यसहित ७९ जना यात्रु थिए।