आइतबार, जेठ ३, २०८३

गुल्मीमा एक वर्षमा १० किलोमिटर सडक कालोपत्रे

गुल्मीमा पूर्वाधार विकास कार्यालय, संघीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दै आएका छन्।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

तम्घास- गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्रे भएको छ। गुल्मीमा पूर्वाधार विकास कार्यालय, संघीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दै आएका छन्। मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक कालोपत्रे नै भएको छैन। बाँकी तीन कार्यालयबाट थोरै-थोरै मात्रामा सडक कालोपत्रे भएको छ। 

National life

कालोपत्रे गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयअन्तर्गतको ठेक्काबाट ८.५ किलोमिटर छ। तम्घास-रेसुङ्गा सडक अन्तर्गत गड्जुरादेखि माथिल्लो भागको तीन किलोमिटर सडक पक्की गरिएको छ। आशिष रामेछाप जेभीले भ्याटबाहेक कूल १५ करोड १९ लाखमा ६ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो। कालोपत्रे नभएको बाँकी तीन किलोमिटरमा ग्राभेलिङदेखि नाली निर्माणसम्मको काम सकिएको छ। हालसम्म कम्पनीको नाममा ११ करोड ९६ लाख ८० हजार भुक्तान भइसकेको छ। 

तम्घास-खाम्सेपानी-नयाँगाउँ-नादी-सूर्यटारी-नेटाखर्क-डुवा छिर्ने-पटौती-प्युठान सडक अन्तर्गत तीन किलोमिटर सडक पक्की भएको छ। सडकको खाम्सेपानी-चेक्मी खण्डमा चार करोडभन्दा बढीको लागतमा सडक कालोपत्रे भएको हो। विसं २०७४ असार ३० गते पूर्वाधार विकास कार्यालयसँग बज्रगुरु कन्स्ट्रक्सन प्रालिले पूर्वाधार विकास कार्यालयसँग कामको सम्झौता गरेको थियो। कालोपत्रेको काम पूर्णरुपमा नसकिए पनि ९५ भन्दा बढी काम सकिएकाले कार्यालयले पक्की सडकको सूचीमा राखेको छ। 

खाम्सेपानी-भुवनपानी-तल्लाखर्क-रातडाँडा-सेउघाअन्तर्गतको २.५ किलोमिटर सडक कालोपत्रे भएको छ। विसं २०७४ असार ३० गते मोतिदान राजेश्वरी सुनिल समिर जेभीले भौतिक पूर्वाधार कार्यालयसँग सम्झौता गरेको थियो। कूल ४.५ किलोमिटर सडक कालोपत्रेका लागि कम्पनीले भ्याटबाहेक नौ करोड ४६ लाख ७३ हजारमा सम्झौता गरेको थियो। अहिलेसम्म कम्पनीको नाममा चार करोड भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालयका  सूचना अधिकारी सूर्य भण्डारीले जानकारी दिए।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ अन्तर्गत एक सय १२ मिटर सडक कालोपत्रे गरिएको छ। रेसुङ्गा नगरपालिकाको पुरानो बजारदेखि हाटबजारसम्मको सडक कालोपत्रे गरिएको हो। कूल ८५ लाखमा सडक कालोपत्रे, तीन सय दुई मिटर कालोपत्रेमा थप, वडा नम्बर २ मा नाली निर्माण र रेसुङ्गा–७ मा कभर्ड हल निर्माण गरेको कार्यालयका सव-इन्जिनियर नारायण बुढामगरले जानकारी दिए।

रुद्रवेणी-वामीटक्सार सडक अन्तर्गतको वामी बजारको दुई किलोमिटर सडक कालोपत्रे गरिएको छ। सिद्धार्थ श्रेष्ठ जेभीले आर्थिक वर्ष २०७६/७७ मा सडक डिभिजन पाल्पासँग सम्झौता गरेको हो। सडकको वेस पहिले नै तयार भइसकेको कार्यालयका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए। गत आवमा रेसुङ्गा नगरपालिका-७ भेटेनरी कार्यालय जाने सडक कालोपत्रे गरिएको छ। प्रदेश समपूरक कोषबाट रु ३४ लाख लागतमा दुई सय ४० मिटर सडक कालोपत्रे भएको हो।   -रासस

प्रकाशित: Aug 04, 2022| 11:28 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।